WECAN

water

Programs

सिन्धुपाल्चोक जुरेमा गएको पहिरोको जल तथा ऊर्जा परामर्शदाता संघ नेपालको पहलमा गरिएको स्थलगत अध्ययन प्रतिवेदन

जल तथा ऊर्जा परामर्शदाता संघ नेपालको नेतृत्वमा हिजो तीन सदस्यीय सिन्धुपाल्चोक जुरे पहिरो अवलोकन टिम (खिमानन्द कँडेल, ऊर्जा पत्रकार राजु श्रेष्ठ र स्थानीय नेता हस्त पण्डित ) सिन्धुपाल्चोकको जुरेको भ्रमण गरेका थियो । उक्त भ्रमणको आधारमा तयार गरिएको प्रतिवेदन आज प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय, ऊर्जा मन्त्रालय, राष्ट्रिय योजना आयोग र मुख्य सचीब श्री लिलामणी पौडेल ज्यूलाई बुझाईएको छ । मुख्य सचीव श्री लिलामणी पौडेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्री गोविन्दराज पोखरेल, राष्ट्रिय योजना आयोगका सदस्य श्री गोविन्द नेपाल र ऊर्जा सचीव रोजेन्द्र किशोर क्षेत्रीसँग महत्वपूर्ण भेटघाट भएको छ । विशेष गरी कसरी सिन्धुपाल्चोक जुरे घटनाका पीडितहरुको तत्काल प्रभावकारी राहत एवं पुनःस्थापना गर्न सकिन्छ र दीर्घकालीन विकासलाई कसरी लागू गर्नु सान्दर्भिक हुन्छ भन्ने विषयहरुलाई प्रतिवेदनमा उल्लेख गरिएको छ ।  १. सिन्धुपाल्चोकमा जे देखियो ? स्थलगत अध्ययन प्रसंग ः २०७१ साल श्रावण १७ गतेको मध्यरातमा सिन्धुपाल्चोक जिल्लाको जुरेमा गएको विशाल पैरोले व्यापक धनजनको क्षती गरेको छ । यो पहिरो गएको समाचार व्यापक रुपमा आईरहेको सन्दर्भमा जल तथा ऊर्जा परामर्शदाता संघ नेपाल (WECAN) का केही साथीहरुको छलफल पछि २० गते सिन्धुपाल्चोकको जुरेको स्थलगत अवलोकन गर्ने निर्णयमा पुग्यौं र सोही अनुसार हामी २० गते बिहानै सिन्धुपाल्चोकको जुरे तिर हानियौं । नेपाल सरकारले नै सुनकोशी नदी क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको सन्दर्भमा , एम्बुलेन्स,सुरक्षाकर्मी, पत्रकार एवं विशेष प्राविधिक अध्ययन टोलीलाई मात्र घटना स्थलमा जान दिएको थियो । यस स्थलगत अध्ययन टोली यस प्रकार रहेको थियो ।  (१) खिमानन्द कँडेल ः महासचीब,जल तथा ऊर्जा परामर्शदाता संघ नेपाल (२) राजु श्रेष्ठ ः ऊर्जा पत्रकार (www.urjanews.com) (३) हस्त पण्डित ः स्थानीय नेता किन यात्रा गर्ने निर्णय गरियो त ?  १. घटना भए लगत्तै नदी लामो समयसम्म थुनिएपछि स्थानीय जनतामा मात्र नभएर भारत वीरपुरसम्मका जनताहरु अत्यन्त त्रसित अवस्थामा सुरक्षित स्थानको खोजी गरेको समाचार व्यापक रुपमा प्रसारण भईरहेको थियो ।  २. यस घटनामा थुप्रै घरहरु नष्ट भएका, कैयौंको मृत्यु भएको र कैयौ वेपत्ता भएको सन्दर्भमा आपतकालीन मानवीय सहयोग र विपत्ति पीडित क्षेत्रको पुनः निर्माणको लागि हामीले संकलन गरेको सूचनाले समेत केही भूमिका खेल्न सकोस भन्ने हाम्रो उद्धेश्य थियो ।  ३. सानिमा हाईड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरेको सुनकोशी साना जलविद्युत आयोजना (२.५ मेगावाट) लगायतका केही साना जल विद्युत आयोजनाहरु पूर्ण रुपमा डुबिसकेका थिए भने भोटेकोशी जलविद्यतु केन्द्र (३६ मेगावाट) र नेपाल विद्युत प्राधिकरणको सुनकोशी जलविद्युत केन्द्र (१० मेगावाट) सहित झण्डै ६८ मेगावाट जलविद्युत केन्द्रीय प्रसारण लाईनका केही टावरहरु भत्किँदा बन्द भएको थियो ।  ४. नेपाल र चीनबीचको महत्वपूर्ण राजमार्ग अनिश्चितकालको लागि बन्द भएको थियो ।  ५. सुनकोशी नदी क्षेत्रभित्र रहेका अन्य क्षेत्रहरुमा समेत यातायात सरकारले घोषणा गरेको संकटकालले बन्द प्राय थियो ।  ड्याम साईटसम्मको यात्रामा जे दखियो ?  हामी २० गते बिहानै सिन्धुपाल्चोकको जुरे तिर लाग्यौं । पहिरो गए लगत्तै नदी लामो समयसम्म थुनिएपछि स्थानीय जनतामा मात्र नभएर भारत वीरपुरसम्मका जनताहरु अत्यन्त त्रसित अवस्थामा सुरक्षित स्थानको खोजी गरेको समाचार व्यापक रुपमा प्रसारण भईरहेको थियो । हामी दोलालघाटबाट सुनकोशी नदी क्षेत्रभित्र प्रवेश गर्दा नदी सामान्य स्तरमा सफा पानी सहित बगिरहेको पायौं । घटना भए लगत्तै नदी लामो समयसम्म थुनिएपछि स्थानीय जनतामा मात्र नभएर भारत वीरपुरसम्मका जनताहरु अत्यन्त त्रसित अवस्थामा सुरक्षित स्थानको खोजी गरेको समाचार व्यापक रुपमा प्रसारण भईरहेको सन्दर्भमा हामी सुकुटे, खाडीचौर, लामोसाँगु लगायतको क्षेत्रको स्थलगत भ्रमण गर्दा भने विस्तारै पसलहरु खुल्न थालेका र नदीको जोखिम कम हुन सक्ने आशा जनताहरुमा पलाएको पायौं । स्थानीय जनताहरु र काठमांडौबाट घटनास्थल तर्फ जाने मानिसहरु धेरै नै थिए । हामी ड्याम साईटमा गाडी रोकेर पहिरोले पुरिएपछि बचेका भग्नाबसेसहरु रहेको जुरे बजारमा पुग्यौैं । त्यहाँ दुईवटा डोजरहरुले पहिले सडक भएको स्थानमा भग्नावसेसहरुलाई पन्छाउँदै जमिनलाई सम्माईरहेका थिए । जीवित मानिसहरु फेला पर्ने त कुनै पनि संभावना थिएन । सुरक्षाकर्मीहरु आफ्नो नियमित भूमिका निर्वाह गरिरहेका थिए । त्यहाँ जम्मा भएका स्थानीय जनताहरु एकदमै निराश देखिन्थे र आफन्त एवं छिमेकीहरु गुमाएको पीडा हरेक मानिसको अनुहारले वोल्थे । उक्त क्षेत्रमा बचेका घर तथा गाडीका भग्नाबसेस, नदीको पश्चिमी किनाराबाट बगिरहको नदी, पश्चिमतिर मांखा गाविसबाट भरेको पहिरो र नदीको अर्को किनाराको माथिपट्टी सुरक्षाकर्मीहरु आफ्नो काममा खटिईरहेका थिए भने स्थानीय जनताहरु पहिरोको किनाराबाट जोखिमपूर्ण यात्रा गरिरहेका देखिन्थे ।   नदीको दाहिने भागबाट देखिएका दृष्य ः नदीको जलाशय भएको स्थानमा नदीको दाहिने किनाराबाट जानसक्ने कुनै संभावना नदेखेपछि हामी नदीको बायाँ किनार हुँदै जलाशय भएको स्थानमा जाने निर्णय गर्यौ । यात्रा त्यती सहज थिएन । सुनकोशी जलविद्युत केन्द्रको ड्यामबाट हामी सुनकाशी नदी पार गर्यौ । सुनकोशी नदीको बायाँ किनारातर्फको बाटो जोखिमपूर्ण देखेपछि हामी झण्डै एक घण्टाको उकालो यात्रा गर्दै डेढघण्टा जतिमा जलाशयमा पानी रोकिएको स्थानमा जान सफल भयौ । पहिरो विशाल थियो । पहिरो गएको विपरित पहाडको एक डेढ किोमिटरसम्मका रुखका पातहरु समेत पहिरोको धुलोले सेताम्य थिए । रुखहरु पूरै सेताम्य देखिन्थे ।  नदीको बायाँ भूभागबाट देखिएको पहिरोको दृष्य ः पहिरो गएको स्थानबाट उत्तरपट्टी रहेको बारविसे बजारसम्मको भूभाग डुवानमा परेको छ । डुवानमा परेको क्षेत्र मांखा गाविस, राम्चे गाविस, टेकनपुर गाविस र घुस्कुन गाविसको भूभागमा फैलिएको छ । सानिमा हाईड्रोपावर कम्पनीले निर्माण गरेको सुनकोशी जलविद्युत आयोजनाको पावरहाउस पूर्ण रुपमा डुवेको छ । पहिरोका आकार सुनकोशी नदीको दाहिने किनारामा झण्डै ५०० मिटर र पहिरोको शिरभागमा २०० मिटर जति फराकिलो देखिएको छ । पहिरोको लम्बाई झण्डै एककिलोमिटर रहेको छ  ।  नदीको बायाँ किनाराबाट देखिएको जलाशयको दृष्य ः पहिरो गएको भूभागमा पूर्ण रुपमा ढुंगाहरु नै देखिन्छन् । यसरी पहिरोबाट आएका विशाल ढुंगाहरुले नदीलाई रोक्न गई झण्डै ३ किलोमिटर ताल नै बन्न पुगेको स्थिति विद्यमान छ । नदीको दायाँ किनाराबाट नदी हाल बगिरहेका छ । विशेष गरी ढुंगैढुंगाको पहिरो भएकोले पहिरो गएको दाहिने किनारातिर ढुंगाहरु जम्मा भएको ठूलो क्षेत्र देख्न सकिन्छ भने नदीको बायाँ किनारामा माटो जम्मा भएको देखिएको छ । नदीको बायाँ किनाराको माथि माथिसम्म नदीको पानी सहित पहिरोले बोकेर ल्याएको माटो गएको स्पष्ट देख्न सकिन्छ ।   नदीको बायाँ किनाराबाट देखिएको पहिरोबाट बनेका ड्यामको दृश्य ः पहिरोको सम्पूर्ण स्थलगत अबलोकन गरिसकेपछि हामी सुनकोशी नदीको बायाँ किनारको जोखिमपूर्ण यात्रा गर्दै सुनकोशी जलविद्युत केन्द्रको ड्याममा निस्कियौं । बाटोमा पत्रकार एवं स्थानीय जनताहरुपनि धेरैको संख्यामा जलाशय भएको क्षेत्रमा गईरहेको हामीले देख्यांै । नदीको बायाँ किनारामा नदीे पहाडको भित्तो हुँदै बगेको जमिनपनि बढी नै भिरालो भएकोले हाल पहिरो गएको भागको विपरित भागमा सकेत नदी कटानबाट पहिरो जान सक्ने खतरा हामीले देख्यौं ।  नदीको बायाँ किनारामा जोखिमपूर्ण यात्रा गर्दै यात्रुहरु ः फर्कने क्रममा पुनः ड्यामको बाटो भएर हामी फर्किर्यौ । सुनकोशी जलविद्युत केन्द्र अहिले पूर्ण रुपमा बन्द छ । ड्यामका सम्पूर्ण ढोकाहरु खालिएका छन् । ड्याको एउटा गेटमा बाढी क्षती समेत पुर्याएको हामीले पायौं ।   सुनकोशी जलविद्युत केन्द्रको ड्यामका सम्पूर्ण ढोकाहरु खोलिएको अवस्था ः जनधनको क्षतीको अवस्था ?  यस पहिरोबाट धेरै मानिसहरुले ज्यान गुमाएका छन् । कैयौं घरहरु पूर्ण रुपमा ध्वस्त भएका छन् भने केही घरधुरीहरु विस्थापित भएका छन् । पहिरोको क्षतीको स्थलगत अध्ययनबाट प्राप्त विवरण यसप्रककार छ ।  गाविस मृत्यु तथा  वेपत्ता संख्या नष्ट भएका घरहरु संख्या विस्थापित घर संख्या विस्थापित घर संख्या मांखा ज्ञज्ञण् छट ज्ञढज्ञ राम्चे ढ द्धघ  टेकनपुर द्दछ  घुस्कुन द्द छछ  जम्मा ज्ञद्धद्ध ज्ञण्ज्ञ छछ ज्ञढज्ञ क्षतीको अन्तिम विवरण आउन अझै केही दिन लाग्न सक्छ ।  २. हाल उद्धारका लागि भईरहेका पहलहरु ः  १. घटनास्थलको अवलोकन गर्दा नेपाल सरकारले उद्धारको लागि झण्डै ७०० को हाराहारीमा सुरक्षाकर्मी परिचालन गरेको बुझिएको छ ।  २. उक्त विपत्तीमा परि घाईते भएका जनताहरुको उपचारको लागि नेपाल सरकारले सक्दो प्रयास गरिरहेको छ । ३. स्थानीय जनताहरुले समेत आफ्नो तर्फबाट सक्दो उद्धारको लागि समन्वय गरिरहेका छन् ।  ४. सिन्धुपाल्चोक जिल्लाभित्र भएका विभिन्न संघ संस्थाहरुले आफ्नो तर्फबाट पीडित परिवारको लागि राहत संकलन गर्ने अभियान चलाएका छन् ।  ५. नेपाल सरकारले राहत कोष खडा गरी विपत्ति पीडितको लागि आर्थिक सहयोग गर्न संयन्त्र निर्माण गरिसकेको छ ।  ६. विभिन्न संचार माध्यमहरुले घटनाको बारेमा व्यापक रुपमा सूचना प्रवाह गर्ने कार्यहरु गरिरहेका छन् ।  ७. घटनास्थलमा नै हेलिप्याड बनाएर उद्धारको कार्यलाई थप प्रभावकारी बनाउने एवं नदीको पानीको बहाबलाई विस्तारै बढाउँदै जलाशयको पानीको सतह घटाउनको लागि नेपाली सेनाले दैनिकजसो नदीमा विस्फोट गराईरहेको छ ।   ३. राहतको लागि तत्कालै चालिनपर्ने थप कदमहरु ः  १. घाईतेहरुको पूर्ण उपचारको लागि सरकारले कुनैपनि कसर बाँकी राख्नुहुँदैन ।  २. बाढीबाट पीडित भएका र घरछोडी सुरक्षित स्थानतर्फ लागेका जनताहरुलाई आवश्यक मात्रामा खाद्यान्न, लत्ताकपडा र औषधिको प्रभावकारी व्यवस्था गर्नुपर्ने देखिन्छ ।  ३. नेपाल सरकार र अन्य संघ संस्थाहरुबाट प्राप्त हुने आर्थिक सहयोगलाई प्रभावकारी ढंगले परिचालन गर्नुपर्दछ ।  ४. पहिरो अझैपनि सकृय छ र बेला बेलामा स साना ढुंगाहरु नदीमा झरिरहेको र धुलो सहितको मुस्लो पहिरोको शिर्ष भागमा बेलाबेलामा देखिईरहेको छ ।  ५. पहिरो पनि सुख्खा अवस्थामा नै गएको र पहिरो गईसकेपछि पनि खासै ठूलो पानी परेको छैन । त्यसैले ठूलो बर्षादको कारणले आईलाग्न सक्ने थप क्षतीको लागि नेपाल सरकार, स्थानीय प्रशासन र स्थानीय जनता चनाखो हुनुपर्ने देखिन्छ ।  ६. पहिरोको दायाँ भागमा ठूलो संख्यामा बस्ती रहेको देखिन्छ र ठूलो पहिरो जाँदा जमिन ठाउँ ठाउँमा चर्किएकोछ । त्यसैले पहिरोको दायाँ भागमा रहेका सम्पूर्ण बस्तीहरुलाई संभावित जोखिमबाट बचाउनको लागि तत्कालै खाली गराउनु आवश्यक छ ।  ७. नदीले अहिले पहिरोको ढुंगा माटो जम्मा भएको भन्दा तल्लो क्षेत्र र सुनकोशी ड्याम भन्दा माथिको भागमा जमिनलाई क्षयीकरण गर्ने संभावना देखिन्छ । नदीको बायाँ भागमा (बगाएको बिद्यालयको विपरित भाग) जमिन पनि ज्यादै भिरालो भएको र ठूलो पानी परेको अवस्थामा बायाँ भागको माथितिर बाट पहिरो जानसक्ने संभावना देखिएको छ । त्यसैले बायाँ भागका नदी किनाराबाट हाल मानिसहरु हिड्दा बनेको बाटो बन्द गर्नु अति आवश्यक देखिन्छ ।  ८. नदीको दायाँ भागमा धेरेैजसो ठूला ठूला चट्टानहरु र बायाँ भागमा माटो जम्मा भएको देखिएको छ । बायाँ भागतर्फबाट नदीले बाटो बनाएको स्थितिमा सम्पूर्ण ढुंगा, माटोहरु बग्न गई तल्लो तटीय क्षेत्रमा ठूलो खतरा हुने देखिन्छछ । त्यसैले अस्थायी संरचनाहरु खडा गरी नदीको पहिरो जम्मा भएको भागको माथिपट्टीबाट पानी बहाब जान नदिने र पुछारतर्फबाट समेत पानीले ढुंगा माटो खोल्न नसक्ने व्यवस्था मिलाउनु पर्छ ।  ९. सुनकोशी क्षेत्रलाई संकटग्रस्त क्षेत्रको रुपमा घोषणा गरिएपछि दोलखा,रामेछाप, ओखलढुंगा लगायतका जिल्लाहरुबाट संचालन हुने सवारी साधनहरु बन्द भएका छन् र हाल पहिरोको अवस्था हेर्दा खाडीचौर भएर चल्ने उक्त सवारी साधनहरुलाई खोल्नु सान्दर्भिक देखिन्छ । आवात जावत नै बन्द हुँदे धेरै जनताहरुलाई समस्या भएको छ ।  १०. हाल बन्न गएको जलाशयले बारविसे तातोपानी र जलाशयको तल्लो तटीय क्षेत्रबीचको यातायात बन्द भएको छ । त्यसैले जलाशयमा जनताहरुलाई ओहोरदोहोर गर्न डुंगाहरुको प्रयोग गर्नु आवश्यक छ ।  ४. पुर्नःनिर्माणको लागि चाल्नुपर्ने कदमहरु ः यस पहिरोबाट भएको क्षती अकल्पनीय छ । यसपहिरोले नेपाल र चीनबीचको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको खासासँगको संबन्ध तत्कालको लागि बन्द जस्तै भएको छ । विद्युत प्रसारण लाईनका टावरहरु समेत भत्किएको कारणले भोटेकोशी जलविद्युत केन्द्र र सुनकोशी जलविद्युत केन्द्रबाट उत्पादन हुन सक्ने विद्युत अहिले बन्द रहेको छ । त्यसैले पुनः निर्माणको लागि निम्न कार्यदिशा अवलम्बन गर्नु सान्दर्भिक हुनसक्छ ।  (१) विपत्ति पीडित जनताको पुनःस्थापना ः  (२) विद्युत प्रसारण लाईनको निर्माण (३) सडक निर्माण तथा यातायात संचालन (४) नदी नियन्त्रण  (५) पहिरो गएको क्षेत्रको अल्पकालीन एवं दीर्घकालीन व्यवस्थापन (६) दीर्घकालीन एकीकृत निर्माण  (१) विपत्ति पीडित जनताको पुनःस्थापना ः विपत्तिबाट पीडित भएका घरपरिवारहरुलाई राज्यद्धारा दीर्घकालीन पुनःस्थापनाको लागि भूमिका निर्वाह गनु आवश्यक छ । विशेष गरी बास्तविक विपत्ति पीडितको विवरण न्यायोचित ढंगबाट गर्नु र त्यसको प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक छ ।  (२) विद्युत प्रसारण लाईनको निर्माण ः नेपाल सरकारले छिटोभन्दा छिटो विद्युत प्रसारण लाईनको निर्माण गरी भोटेकोशी जलविद्युत केन्द्र, सुनकोशी जलविद्युत केन्द्र र अन्य स—साना जलविद्युत आयोजनाको विद्युतलाई केन्द्रीय प्रसारण लाईनमा जोड्नु आवश्यक छ । नेपाल लोडसेडिङको मारमा परिरहको वर्तमान सन्दर्भमा एक सेकेण्ड पनि विद्युत प्रसारण बन्द हुनु भनेको अर्थतन्त्रको लागि घाटा नै हो ।  (३) सडक निर्माण तथा यातायात संचालन ः  (क) तत्कालको लागि जलाशयमा डुंगाहरुको प्रयोग गरी सामान्य आवातजावत संचालन गर्नु सान्दर्भिक देखिन्छ ।  (ख) तत्कालै सडक संजाल विस्तार गर्न सकिने संभावना नदेखिएपनि हाल क्षतीग्रस्त भएको राजमार्गको भागबाट नै दीर्घकालीन रुपमा सडक विस्तार गर्न सकिने स्थिति रहेको छ । माथिबाट खसेको पहिरोले क्षती पुर्याएकोले झण्डै एक किलोमिटर सडक निर्माण गर्दा नै यातायात संचालनमा ल्याउन सकिन्छ । तर बर्षादको समय नसकिएसम्म र पहिरो अझैपनि सकृय रहेकोले निर्माण कार्य जोखिमपूर्ण छ ।  (ग) दीर्घकालीन रुपमा खाडीचौरबाट दोलखा तिर जाने सडकखण्डको माथिल्लोे भागबाट समेत राजमार्ग लैजान सकिने संभावना देखिएको छ ।  (४) नदी नियन्त्रण ः  (क) नदी नियन्त्रण अन्र्तगत हाल जम्मा भएको पहिरोको ढुुंगा र माटोलाई यथास्थानमा नै रोक्नु सवैभन्दा सहज विकल्पको रुपमा देखिएको छ । त्यसैले हाल जलाशय निर्माण भई नदीले लिएको बाटो बाहेकको चौडाईमा अस्थायी चेकड्याम बनाई पहिरोको ड्यामको उचाई बढाउनु संभावित तल्लो तटीय क्षेत्रको जोखिम न्यूनीकरण गर्न सकिने सजिलो माध्यम हुन सक्छ । यसै गरी पहिरोको ड्यामलाई नदीले काट्न नसक्ने गरी अस्थायी जाली लगायतका संरचनाहरु निर्माण गर्नु आवश्यक छ ।  (ख) पहिरोले सुनकोशी जलविद्युत केन्द्रको ड्याम, प्रोटेक्सन वालहरुमा समेत क्षती पुर्याएकोले तत्कालै बनाउन सकिने नदी नियन्त्रणका कार्यहरु अत्यन्त गतीका साथ गर्नुपर्ने देखिन्छ ।  (ग) जलाशय निर्माण हुँदै जाँदा यसले माथिल्लो क्षेत्रको राजमार्गलाई पनि काट्दै लगेको छ । सडकमा थप क्षती हुन नदिन अस्थायी निर्माण कार्य गर्न सान्दर्भिक हुन्छ ।  (५) पहिरो गएको क्षेत्रको अल्पकालीन एवं दीर्घकालीन व्यवस्थापन ः  पहिरो अहिले पनि सकृय छ । पहिरो गएको दायाँबायाँ तर्फको भू बनोट हेर्दा ठूला ठूला चट्टानहरुले नै पहिरो गएको पहाड बनेको देखिन्छ । पहिरोको थप जोखिम अहिले पनि टरेको छैन । त्यसेले पहिरो भन्दा माथिका भूभागको छिटोभन्दा छिटो प्राविधिक अध्ययन गरी तत्कालको लागि र दीर्घकालीन रुपमा पहिरोेलाई रोक्न चाल्न सकिने कदमहरुको बारेमा तयारी गर्नु र यसको तत्कालिक जोखिमको अवस्थाको आधारमा नदी किनारामा पुनः निर्माण तथा विपत्ति व्यवस्थापन कार्यक्रम अगाडि बढाउनु आवश्यक छ ।  (६) दीर्घकालीन एकीकृत निर्माण ः पहिरो गईसकेको छ र विपत्तिलाई हामीले सामना गर्न बाध्य भएका छौं । तत्कालको लागि विपत्तिको सामना गर्नुको विकल्प नभएपनि दीर्घकालीन रुपमा यस क्षेत्रको विकास गर्नको लागि नेपाल सरकारले विशेष पहलकदमी गर्नु आवश्यक छ । राष्ट्रिय अर्थतन्त्रमा समेत सुख्खा बन्र्दगाहको रुपमा चिनिएको खासा क्षेत्रलाई छिटोभन्दा छिटो खुलाउनको लागि नेपाल सरकारले चीन सरकारसँग मिलेर एकीकृत विकासमा लाग्नु उपयुक्त हुन सक्छ । एकीकृत निर्माण गर्नको लागि निम्न संभावनाहरु देखिएका छन् ।  (क) सडक संजाल तथा अन्य भौतिक संरचनाको विस्तार ः पहिरो खसेकै क्षेत्रतिरबाट वा खाडीचौरबाट दोलखा जाने बाटोको माथितिरबाट नदीको वायाँ किनाराबाट सडक राजमार्ग विकास गर्नुपर्दछ । बर्षायाम सकिँदासम्म पनि हालको जलाशय यथावत रहन गएको खण्डमा जल यातायातलाई समेत प्रवद्र्धन गर्न सकिन्छ । यस पहिरोले स्थानीय स्तरमा ठूलो क्षती पुर्याएकोले स्थानीय स्तरका भौतिक पूर्वाधारहरुको निर्माणमा समेत राज्य चनाखो रहनु आवश्यक छ ।  (ख) ऊर्जाको संभावना ः हाल बनेको प्राकृतिक ड्यामले नयाँ खाले संभावनाको ढोका खोलिदिएको स्थानीय जनताहरुले समेत बताएका छन् । हाल झण्डै ५० मिटरको ड्याम बनेकोले यसबाट थप संभाव्यता अध्ययन गरी विद्युत उत्पादन गर्न सकिने स्थिति रहेको छ । यसबाट विद्युत उत्पादन गर्न सकेको खण्डमा यसलाई केही दिनको पानी संकलन गर्न सक्ने जलाशय युक्त आयोजनाको रुपमा विकास गर्न सकिन्छ र यसको तल्लो भागमा रहेको सुनकोशी जलविद्युत केन्द्रबाट समेत पूर्ण क्षमतामा बाह्रै महिना विद्युत उत्पादन गर्न सकिनेछ ।  (ग) पर्यटकीय संभावना ः प्राकृतिक तवरबाट नै यो जलाशय यथावत रुपमा रहेको खण्डमा यो क्षेत्र नेपाल र चीनका जनताहरुको लागि संभावित पर्यटकीय गन्तव्यको रुपमा विकास हुन सक्छ । यसले आन्तरिक तथा वाह्य पर्यटनको विकास दुवैमा महत्वपूर्ण भूमिका खेल्न सक्ने संभावना देखिएको छ ।  (घ) रणनीतिक महत्वको स्थान बन्न सक्ने ः नेपाल र चीनको सन्दर्भमा यो क्षेत्र सुख्खा बन्र्दगाह जस्तै भएको र सुनकोशी नदी भारतको लागि समेत संबेदनशील नदी भएकोले नेपाललाई भारत र चीनबीचको पुलको रुपमा यो क्षेत्रको एकीकृत विकासले महत्वपूर्ण रणनीतिक अर्थ राख्ने देखिन्छ ।  संक्षेपमा ः पहिरोले जुन स्तरको धनजनको क्षती भएको छ त्यो अत्यन्त पीडादायी छ । पहिरोमा परि ज्यान गुमाउनु भएका सम्पूर्ण जुरेवासी एवं बाहिरका जनताहरुका हामी चीरशान्तिको कामना गर्दछौं । हाल उपचाररत एवं विपत्तिबाट पीडित एवं विस्थापित भएका सम्पूर्ण जनताको पुनःस्थापनाको लागि नेपाल सरकार, नागरिक समाज, सचेत नागरिक एवं अन्य छिमेकी राष्ट्रहरुबाट समेत पहल हुनु आवश्यक देखिएको छ । नेपाल सरकारको पहलकदमीमा यो क्षेत्रको अल्पकालीन एवं दीर्घकालीन विकासको लागि तत्कालै भूमिका रहनुपर्ने देखिएको छ ।     ............................ धन बहादुर गुुरुङ  अध्यक्ष जल तथा ऊर्जा परामर्शदाता संघ नेपाल   ............................ खिमानन्द कँडेल  महासचीव जल तथा ऊर्जा परामर्शदाता संघ नेपालजल तथा ऊर्जा परामर्शदाता संघ नेपालको नेतृत्वमा हिजो तीन सदस्यीय सिन्धुपाल्चोक जुरे पहिरो अवलोकन टिम (खिमानन्द कँडेल, ऊर्जा पत्रकार राजु श्रेष्ठ र स्थानीय नेता हस्त पण्डित ) सिन्धुपाल्चोकको जुरेको भ्रमण गरेका थियो । उक्त भ्रमणको आधारमा

तयार गरिएको प्रतिवेदन आज प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय, ऊर्जा मन्त्रालय, राष्ट्रिय योजना आयोग र मुख्य सचीब श्री लिलामणी पौडेल ज्यूलाई बुझाईएको छ । मुख्य सचीव श्री लिलामणी पौडेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्री गोविन्दराज पोखरेल, राष्ट्रिय योजना आयोगका सदस्य श्री गोविन्द नेपाल र ऊर्जा सचीव रोजेन्द्र किशोर क्षेत्रीसँग महत्वपूर्ण भेटघाट भएको छ । विशेष गरी कसरी सिन्धुपाल्चोक जुरे घटनाका पीडितहरुको तत्काल प्रभावकारी राहत एवं पुनःस्थापना गर्न सकिन्छ र दीर्घकालीन विकासलाई कसरी लागू गर्नु सान्दर्भिक हुन्छ भन्ने विषयहरुलाई प्रतिवेदनमा उल्लेख गरिएको छ ।

१. सिन्धुपाल्चोकमा जे देखियो ?
स्थलगत अध्ययन प्रसंग ः २०७१ साल श्रावण १७ गतेको मध्यरातमा सिन्धुपाल्चोक जिल्लाको जुरेमा गएको विशाल पैरोले व्यापक धनजनको क्षती गरेको छ । यो पहिरो गएको समाचार व्यापक रुपमा आईरहेको सन्दर्भमा जल तथा ऊर्जा परामर्शदाता संघ नेपाल (WECAN) का केही साथीहरुको छलफल पछि २० गते सिन्धुपाल्चोकको जुरेको स्थलगत अवलोकन गर्ने निर्णयमा पुग्यौं र सोही अनुसार हामी २० गते बिहानै सिन्धुपाल्चोकको जुरे तिर हानियौं । नेपाल सरकारले नै सुनकोशी नदी क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको सन्दर्भमा , एम्बुलेन्स,सुरक्षाकर्मी, पत्रकार एवं विशेष प्राविधिक अध्ययन टोलीलाई मात्र घटना स्थलमा जान दिएको थियो । यस स्थलगत अध्ययन टोली यस प्रकार रहेको थियो । 
(१) खिमानन्द कँडेल ः महासचीब,जल तथा ऊर्जा परामर्शदाता संघ नेपाल
(२) राजु श्रेष्ठ ः ऊर्जा पत्रकार (www.urjanews.com)
(३) हस्त पण्डित ः स्थानीय नेता
किन यात्रा गर्ने निर्णय गरियो त ? 
१. घटना भए लगत्तै नदी लामो समयसम्म थुनिएपछि स्थानीय जनतामा मात्र नभएर भारत वीरपुरसम्मका जनताहरु अत्यन्त त्रसित अवस्थामा सुरक्षित स्थानको खोजी गरेको समाचार व्यापक रुपमा प्रसारण भईरहेको थियो । 
२. यस घटनामा थुप्रै घरहरु नष्ट भएका, कैयौंको मृत्यु भएको र कैयौ वेपत्ता भएको सन्दर्भमा आपतकालीन मानवीय सहयोग र विपत्ति पीडित क्षेत्रको पुनः निर्माणको लागि हामीले संकलन गरेको सूचनाले समेत केही भूमिका खेल्न सकोस भन्ने हाम्रो उद्धेश्य थियो । 
३. सानिमा हाईड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरेको सुनकोशी साना जलविद्युत आयोजना (२.५ मेगावाट) लगायतका केही साना जल विद्युत आयोजनाहरु पूर्ण रुपमा डुबिसकेका थिए भने भोटेकोशी जलविद्यतु केन्द्र (३६ मेगावाट) र नेपाल विद्युत प्राधिकरणको सुनकोशी जलविद्युत केन्द्र (१० मेगावाट) सहित झण्डै ६८ मेगावाट जलविद्युत केन्द्रीय प्रसारण लाईनका केही टावरहरु भत्किँदा बन्द भएको थियो । 
४. नेपाल र चीनबीचको महत्वपूर्ण राजमार्ग अनिश्चितकालको लागि बन्द भएको थियो । 
५. सुनकोशी नदी क्षेत्रभित्र रहेका अन्य क्षेत्रहरुमा समेत यातायात सरकारले घोषणा गरेको संकटकालले बन्द प्राय थियो । 
ड्याम साईटसम्मको यात्रामा जे दखियो ? 
हामी २० गते बिहानै सिन्धुपाल्चोकको जुरे तिर लाग्यौं । पहिरो गए लगत्तै नदी लामो समयसम्म थुनिएपछि स्थानीय जनतामा मात्र नभएर भारत वीरपुरसम्मका जनताहरु अत्यन्त त्रसित अवस्थामा सुरक्षित स्थानको खोजी गरेको समाचार व्यापक रुपमा प्रसारण भईरहेको थियो । हामी दोलालघाटबाट सुनकोशी नदी क्षेत्रभित्र प्रवेश गर्दा नदी सामान्य स्तरमा सफा पानी सहित बगिरहेको पायौं । घटना भए लगत्तै नदी लामो समयसम्म थुनिएपछि स्थानीय जनतामा मात्र नभएर भारत वीरपुरसम्मका जनताहरु अत्यन्त त्रसित अवस्थामा सुरक्षित स्थानको खोजी गरेको समाचार व्यापक रुपमा प्रसारण भईरहेको सन्दर्भमा हामी सुकुटे, खाडीचौर, लामोसाँगु लगायतको क्षेत्रको स्थलगत भ्रमण गर्दा भने विस्तारै पसलहरु खुल्न थालेका र नदीको जोखिम कम हुन सक्ने आशा जनताहरुमा पलाएको पायौं । स्थानीय जनताहरु र काठमांडौबाट घटनास्थल तर्फ जाने मानिसहरु धेरै नै थिए । हामी ड्याम साईटमा गाडी रोकेर पहिरोले पुरिएपछि बचेका भग्नाबसेसहरु रहेको जुरे बजारमा पुग्यौैं । त्यहाँ दुईवटा डोजरहरुले पहिले सडक भएको स्थानमा भग्नावसेसहरुलाई पन्छाउँदै जमिनलाई सम्माईरहेका थिए । जीवित मानिसहरु फेला पर्ने त कुनै पनि संभावना थिएन । सुरक्षाकर्मीहरु आफ्नो नियमित भूमिका निर्वाह गरिरहेका थिए । त्यहाँ जम्मा भएका स्थानीय जनताहरु एकदमै निराश देखिन्थे र आफन्त एवं छिमेकीहरु गुमाएको पीडा हरेक मानिसको अनुहारले वोल्थे । उक्त क्षेत्रमा बचेका घर तथा गाडीका भग्नाबसेस, नदीको पश्चिमी किनाराबाट बगिरहको नदी, पश्चिमतिर मांखा गाविसबाट भरेको पहिरो र नदीको अर्को किनाराको माथिपट्टी सुरक्षाकर्मीहरु आफ्नो काममा खटिईरहेका थिए भने स्थानीय जनताहरु पहिरोको किनाराबाट जोखिमपूर्ण यात्रा गरिरहेका देखिन्थे । 

नदीको दाहिने भागबाट देखिएका दृष्य ः
नदीको जलाशय भएको स्थानमा नदीको दाहिने किनाराबाट जानसक्ने कुनै संभावना नदेखेपछि हामी नदीको बायाँ किनार हुँदै जलाशय भएको स्थानमा जाने निर्णय गर्यौ । यात्रा त्यती सहज थिएन । सुनकोशी जलविद्युत केन्द्रको ड्यामबाट हामी सुनकाशी नदी पार गर्यौ । सुनकोशी नदीको बायाँ किनारातर्फको बाटो जोखिमपूर्ण देखेपछि हामी झण्डै एक घण्टाको उकालो यात्रा गर्दै डेढघण्टा जतिमा जलाशयमा पानी रोकिएको स्थानमा जान सफल भयौ । पहिरो विशाल थियो । पहिरो गएको विपरित पहाडको एक डेढ किोमिटरसम्मका रुखका पातहरु समेत पहिरोको धुलोले सेताम्य थिए । रुखहरु पूरै सेताम्य देखिन्थे ।

नदीको बायाँ भूभागबाट देखिएको पहिरोको दृष्य ः
पहिरो गएको स्थानबाट उत्तरपट्टी रहेको बारविसे बजारसम्मको भूभाग डुवानमा परेको छ । डुवानमा परेको क्षेत्र मांखा गाविस, राम्चे गाविस, टेकनपुर गाविस र घुस्कुन गाविसको भूभागमा फैलिएको छ । सानिमा हाईड्रोपावर कम्पनीले निर्माण गरेको सुनकोशी जलविद्युत आयोजनाको पावरहाउस पूर्ण रुपमा डुवेको छ । पहिरोका आकार सुनकोशी नदीको दाहिने किनारामा झण्डै ५०० मिटर र पहिरोको शिरभागमा २०० मिटर जति फराकिलो देखिएको छ । पहिरोको लम्बाई झण्डै एककिलोमिटर रहेको छ 


नदीको बायाँ किनाराबाट देखिएको जलाशयको दृष्य ः
पहिरो गएको भूभागमा पूर्ण रुपमा ढुंगाहरु नै देखिन्छन् । यसरी पहिरोबाट आएका विशाल ढुंगाहरुले नदीलाई रोक्न गई झण्डै ३ किलोमिटर ताल नै बन्न पुगेको स्थिति विद्यमान छ । नदीको दायाँ किनाराबाट नदी हाल बगिरहेका छ । विशेष गरी ढुंगैढुंगाको पहिरो भएकोले पहिरो गएको दाहिने किनारातिर ढुंगाहरु जम्मा भएको ठूलो क्षेत्र देख्न सकिन्छ भने नदीको बायाँ किनारामा माटो जम्मा भएको देखिएको छ । नदीको बायाँ किनाराको माथि माथिसम्म नदीको पानी सहित पहिरोले बोकेर ल्याएको माटो गएको स्पष्ट देख्न सकिन्छ । 

नदीको बायाँ किनाराबाट देखिएको पहिरोबाट बनेका ड्यामको दृश्य ः
पहिरोको सम्पूर्ण स्थलगत अबलोकन गरिसकेपछि हामी सुनकोशी नदीको बायाँ किनारको जोखिमपूर्ण यात्रा गर्दै सुनकोशी जलविद्युत केन्द्रको ड्याममा निस्कियौं । बाटोमा पत्रकार एवं स्थानीय जनताहरुपनि धेरैको संख्यामा जलाशय भएको क्षेत्रमा गईरहेको हामीले देख्यांै । नदीको बायाँ किनारामा नदीे पहाडको भित्तो हुँदै बगेको जमिनपनि बढी नै भिरालो भएकोले हाल पहिरो गएको भागको विपरित भागमा सकेत नदी कटानबाट पहिरो जान सक्ने खतरा हामीले देख्यौं ।

नदीको बायाँ किनारामा जोखिमपूर्ण यात्रा गर्दै यात्रुहरु ः
फर्कने क्रममा पुनः ड्यामको बाटो भएर हामी फर्किर्यौ । सुनकोशी जलविद्युत केन्द्र अहिले पूर्ण रुपमा बन्द छ । ड्यामका सम्पूर्ण ढोकाहरु खालिएका छन् । ड्याको एउटा गेटमा बाढी क्षती समेत पुर्याएको हामीले पायौं । 

सुनकोशी जलविद्युत केन्द्रको ड्यामका सम्पूर्ण ढोकाहरु खोलिएको अवस्था ः
जनधनको क्षतीको अवस्था ? 
यस पहिरोबाट धेरै मानिसहरुले ज्यान गुमाएका छन् । कैयौं घरहरु पूर्ण रुपमा ध्वस्त भएका छन् भने केही घरधुरीहरु विस्थापित भएका छन् । पहिरोको क्षतीको स्थलगत अध्ययनबाट प्राप्त विवरण यसप्रककार छ । 
गाविस मृत्यु तथा 
वेपत्ता संख्या नष्ट भएका घरहरु संख्या विस्थापित
घर संख्या विस्थापित घर
संख्या
मांखा ज्ञज्ञण् छट ज्ञढज्ञ
राम्चे ढ द्धघ 
टेकनपुर द्दछ 
घुस्कुन द्द छछ 
जम्मा ज्ञद्धद्ध ज्ञण्ज्ञ छछ ज्ञढज्ञ
क्षतीको अन्तिम विवरण आउन अझै केही दिन लाग्न सक्छ ।

२. हाल उद्धारका लागि भईरहेका पहलहरु ः 
१. घटनास्थलको अवलोकन गर्दा नेपाल सरकारले उद्धारको लागि झण्डै ७०० को हाराहारीमा सुरक्षाकर्मी परिचालन गरेको बुझिएको छ । 
२. उक्त विपत्तीमा परि घाईते भएका जनताहरुको उपचारको लागि नेपाल सरकारले सक्दो प्रयास गरिरहेको छ ।
३. स्थानीय जनताहरुले समेत आफ्नो तर्फबाट सक्दो उद्धारको लागि समन्वय गरिरहेका छन् । 
४. सिन्धुपाल्चोक जिल्लाभित्र भएका विभिन्न संघ संस्थाहरुले आफ्नो तर्फबाट पीडित परिवारको लागि राहत संकलन गर्ने अभियान चलाएका छन् । 
५. नेपाल सरकारले राहत कोष खडा गरी विपत्ति पीडितको लागि आर्थिक सहयोग गर्न संयन्त्र निर्माण गरिसकेको छ । 
६. विभिन्न संचार माध्यमहरुले घटनाको बारेमा व्यापक रुपमा सूचना प्रवाह गर्ने कार्यहरु गरिरहेका छन् । 
७. घटनास्थलमा नै हेलिप्याड बनाएर उद्धारको कार्यलाई थप प्रभावकारी बनाउने एवं नदीको पानीको बहाबलाई विस्तारै बढाउँदै जलाशयको पानीको सतह घटाउनको लागि नेपाली सेनाले दैनिकजसो नदीमा विस्फोट गराईरहेको छ ।


३. राहतको लागि तत्कालै चालिनपर्ने थप कदमहरु ः 
१. घाईतेहरुको पूर्ण उपचारको लागि सरकारले कुनैपनि कसर बाँकी राख्नुहुँदैन । 
२. बाढीबाट पीडित भएका र घरछोडी सुरक्षित स्थानतर्फ लागेका जनताहरुलाई आवश्यक मात्रामा खाद्यान्न, लत्ताकपडा र औषधिको प्रभावकारी व्यवस्था गर्नुपर्ने देखिन्छ । 
३. नेपाल सरकार र अन्य संघ संस्थाहरुबाट प्राप्त हुने आर्थिक सहयोगलाई प्रभावकारी ढंगले परिचालन गर्नुपर्दछ । 
४. पहिरो अझैपनि सकृय छ र बेला बेलामा स साना ढुंगाहरु नदीमा झरिरहेको र धुलो सहितको मुस्लो पहिरोको शिर्ष भागमा बेलाबेलामा देखिईरहेको छ । 
५. पहिरो पनि सुख्खा अवस्थामा नै गएको र पहिरो गईसकेपछि पनि खासै ठूलो पानी परेको छैन । त्यसैले ठूलो बर्षादको कारणले आईलाग्न सक्ने थप क्षतीको लागि नेपाल सरकार, स्थानीय प्रशासन र स्थानीय जनता चनाखो हुनुपर्ने देखिन्छ । 
६. पहिरोको दायाँ भागमा ठूलो संख्यामा बस्ती रहेको देखिन्छ र ठूलो पहिरो जाँदा जमिन ठाउँ ठाउँमा चर्किएकोछ । त्यसैले पहिरोको दायाँ भागमा रहेका सम्पूर्ण बस्तीहरुलाई संभावित जोखिमबाट बचाउनको लागि तत्कालै खाली गराउनु आवश्यक छ । 
७. नदीले अहिले पहिरोको ढुंगा माटो जम्मा भएको भन्दा तल्लो क्षेत्र र सुनकोशी ड्याम भन्दा माथिको भागमा जमिनलाई क्षयीकरण गर्ने संभावना देखिन्छ । नदीको बायाँ भागमा (बगाएको बिद्यालयको विपरित भाग) जमिन पनि ज्यादै भिरालो भएको र ठूलो पानी परेको अवस्थामा बायाँ भागको माथितिर बाट पहिरो जानसक्ने संभावना देखिएको छ । त्यसैले बायाँ भागका नदी किनाराबाट हाल मानिसहरु हिड्दा बनेको बाटो बन्द गर्नु अति आवश्यक देखिन्छ । 
८. नदीको दायाँ भागमा धेरेैजसो ठूला ठूला चट्टानहरु र बायाँ भागमा माटो जम्मा भएको देखिएको छ । बायाँ भागतर्फबाट नदीले बाटो बनाएको स्थितिमा सम्पूर्ण ढुंगा, माटोहरु बग्न गई तल्लो तटीय क्षेत्रमा ठूलो खतरा हुने देखिन्छछ । त्यसैले अस्थायी संरचनाहरु खडा गरी नदीको पहिरो जम्मा भएको भागको माथिपट्टीबाट पानी बहाब जान नदिने र पुछारतर्फबाट समेत पानीले ढुंगा माटो खोल्न नसक्ने व्यवस्था मिलाउनु पर्छ । 
९. सुनकोशी क्षेत्रलाई संकटग्रस्त क्षेत्रको रुपमा घोषणा गरिएपछि दोलखा,रामेछाप, ओखलढुंगा लगायतका जिल्लाहरुबाट संचालन हुने सवारी साधनहरु बन्द भएका छन् र हाल पहिरोको अवस्था हेर्दा खाडीचौर भएर चल्ने उक्त सवारी साधनहरुलाई खोल्नु सान्दर्भिक देखिन्छ । आवात जावत नै बन्द हुँदे धेरै जनताहरुलाई समस्या भएको छ । 
१०. हाल बन्न गएको जलाशयले बारविसे तातोपानी र जलाशयको तल्लो तटीय क्षेत्रबीचको यातायात बन्द भएको छ । त्यसैले जलाशयमा जनताहरुलाई ओहोरदोहोर गर्न डुंगाहरुको प्रयोग गर्नु आवश्यक छ । 
४. पुर्नःनिर्माणको लागि चाल्नुपर्ने कदमहरु ः
यस पहिरोबाट भएको क्षती अकल्पनीय छ । यसपहिरोले नेपाल र चीनबीचको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको खासासँगको संबन्ध तत्कालको लागि बन्द जस्तै भएको छ । विद्युत प्रसारण लाईनका टावरहरु समेत भत्किएको कारणले भोटेकोशी जलविद्युत केन्द्र र सुनकोशी जलविद्युत केन्द्रबाट उत्पादन हुन सक्ने विद्युत अहिले बन्द रहेको छ । त्यसैले पुनः निर्माणको लागि निम्न कार्यदिशा अवलम्बन गर्नु सान्दर्भिक हुनसक्छ । 
(१) विपत्ति पीडित जनताको पुनःस्थापना ः 
(२) विद्युत प्रसारण लाईनको निर्माण
(३) सडक निर्माण तथा यातायात संचालन
(४) नदी नियन्त्रण 
(५) पहिरो गएको क्षेत्रको अल्पकालीन एवं दीर्घकालीन व्यवस्थापन
(६) दीर्घकालीन एकीकृत निर्माण 
(१) विपत्ति पीडित जनताको पुनःस्थापना ः विपत्तिबाट पीडित भएका घरपरिवारहरुलाई राज्यद्धारा दीर्घकालीन पुनःस्थापनाको लागि भूमिका निर्वाह गनु आवश्यक छ । विशेष गरी बास्तविक विपत्ति पीडितको विवरण न्यायोचित ढंगबाट गर्नु र त्यसको प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक छ । 
(२) विद्युत प्रसारण लाईनको निर्माण ः नेपाल सरकारले छिटोभन्दा छिटो विद्युत प्रसारण लाईनको निर्माण गरी भोटेकोशी जलविद्युत केन्द्र, सुनकोशी जलविद्युत केन्द्र र अन्य स—साना जलविद्युत आयोजनाको विद्युतलाई केन्द्रीय प्रसारण लाईनमा जोड्नु आवश्यक छ । नेपाल लोडसेडिङको मारमा परिरहको वर्तमान सन्दर्भमा एक सेकेण्ड पनि विद्युत प्रसारण बन्द हुनु भनेको अर्थतन्त्रको लागि घाटा नै हो ।

(३) सडक निर्माण तथा यातायात संचालन ः 
(क) तत्कालको लागि जलाशयमा डुंगाहरुको प्रयोग गरी सामान्य आवातजावत संचालन गर्नु सान्दर्भिक देखिन्छ । 
(ख) तत्कालै सडक संजाल विस्तार गर्न सकिने संभावना नदेखिएपनि हाल क्षतीग्रस्त भएको राजमार्गको भागबाट नै दीर्घकालीन रुपमा सडक विस्तार गर्न सकिने स्थिति रहेको छ । माथिबाट खसेको पहिरोले क्षती पुर्याएकोले झण्डै एक किलोमिटर सडक निर्माण गर्दा नै यातायात संचालनमा ल्याउन सकिन्छ । तर बर्षादको समय नसकिएसम्म र पहिरो अझैपनि सकृय रहेकोले निर्माण कार्य जोखिमपूर्ण छ । 
(ग) दीर्घकालीन रुपमा खाडीचौरबाट दोलखा तिर जाने सडकखण्डको माथिल्लोे भागबाट समेत राजमार्ग लैजान सकिने संभावना देखिएको छ । 
(४) नदी नियन्त्रण ः 
(क) नदी नियन्त्रण अन्र्तगत हाल जम्मा भएको पहिरोको ढुुंगा र माटोलाई यथास्थानमा नै रोक्नु सवैभन्दा सहज विकल्पको रुपमा देखिएको छ । त्यसैले हाल जलाशय निर्माण भई नदीले लिएको बाटो बाहेकको चौडाईमा अस्थायी चेकड्याम बनाई पहिरोको ड्यामको उचाई बढाउनु संभावित तल्लो तटीय क्षेत्रको जोखिम न्यूनीकरण गर्न सकिने सजिलो माध्यम हुन सक्छ । यसै गरी पहिरोको ड्यामलाई नदीले काट्न नसक्ने गरी अस्थायी जाली लगायतका संरचनाहरु निर्माण गर्नु आवश्यक छ । 
(ख) पहिरोले सुनकोशी जलविद्युत केन्द्रको ड्याम, प्रोटेक्सन वालहरुमा समेत क्षती पुर्याएकोले तत्कालै बनाउन सकिने नदी नियन्त्रणका कार्यहरु अत्यन्त गतीका साथ गर्नुपर्ने देखिन्छ । 
(ग) जलाशय निर्माण हुँदै जाँदा यसले माथिल्लो क्षेत्रको राजमार्गलाई पनि काट्दै लगेको छ । सडकमा थप क्षती हुन नदिन अस्थायी निर्माण कार्य गर्न सान्दर्भिक हुन्छ । 
(५) पहिरो गएको क्षेत्रको अल्पकालीन एवं दीर्घकालीन व्यवस्थापन ः 
पहिरो अहिले पनि सकृय छ । पहिरो गएको दायाँबायाँ तर्फको भू बनोट हेर्दा ठूला ठूला चट्टानहरुले नै पहिरो गएको पहाड बनेको देखिन्छ । पहिरोको थप जोखिम अहिले पनि टरेको छैन । त्यसेले पहिरो भन्दा माथिका भूभागको छिटोभन्दा छिटो प्राविधिक अध्ययन गरी तत्कालको लागि र दीर्घकालीन रुपमा पहिरोेलाई रोक्न चाल्न सकिने कदमहरुको बारेमा तयारी गर्नु र यसको तत्कालिक जोखिमको अवस्थाको आधारमा नदी किनारामा पुनः निर्माण तथा विपत्ति व्यवस्थापन कार्यक्रम अगाडि बढाउनु आवश्यक छ । 
(६) दीर्घकालीन एकीकृत निर्माण ः पहिरो गईसकेको छ र विपत्तिलाई हामीले सामना गर्न बाध्य भएका छौं । तत्कालको लागि विपत्तिको सामना गर्नुको विकल्प नभएपनि दीर्घकालीन रुपमा यस क्षेत्रको विकास गर्नको लागि नेपाल सरकारले विशेष पहलकदमी गर्नु आवश्यक छ । राष्ट्रिय अर्थतन्त्रमा समेत सुख्खा बन्र्दगाहको रुपमा चिनिएको खासा क्षेत्रलाई छिटोभन्दा छिटो खुलाउनको लागि नेपाल सरकारले चीन सरकारसँग मिलेर एकीकृत विकासमा लाग्नु उपयुक्त हुन सक्छ । एकीकृत निर्माण गर्नको लागि निम्न संभावनाहरु देखिएका छन् । 
(क) सडक संजाल तथा अन्य भौतिक संरचनाको विस्तार ः पहिरो खसेकै क्षेत्रतिरबाट वा खाडीचौरबाट दोलखा जाने बाटोको माथितिरबाट नदीको वायाँ किनाराबाट सडक राजमार्ग विकास गर्नुपर्दछ । बर्षायाम सकिँदासम्म पनि हालको जलाशय यथावत रहन गएको खण्डमा जल यातायातलाई समेत प्रवद्र्धन गर्न सकिन्छ । यस पहिरोले स्थानीय स्तरमा ठूलो क्षती पुर्याएकोले स्थानीय स्तरका भौतिक पूर्वाधारहरुको निर्माणमा समेत राज्य चनाखो रहनु आवश्यक छ । 
(ख) ऊर्जाको संभावना ः हाल बनेको प्राकृतिक ड्यामले नयाँ खाले संभावनाको ढोका खोलिदिएको स्थानीय जनताहरुले समेत बताएका छन् । हाल झण्डै ५० मिटरको ड्याम बनेकोले यसबाट थप संभाव्यता अध्ययन गरी विद्युत उत्पादन गर्न सकिने स्थिति रहेको छ । यसबाट विद्युत उत्पादन गर्न सकेको खण्डमा यसलाई केही दिनको पानी संकलन गर्न सक्ने जलाशय युक्त आयोजनाको रुपमा विकास गर्न सकिन्छ र यसको तल्लो भागमा रहेको सुनकोशी जलविद्युत केन्द्रबाट समेत पूर्ण क्षमतामा बाह्रै महिना विद्युत उत्पादन गर्न सकिनेछ । 
(ग) पर्यटकीय संभावना ः प्राकृतिक तवरबाट नै यो जलाशय यथावत रुपमा रहेको खण्डमा यो क्षेत्र नेपाल र चीनका जनताहरुको लागि संभावित पर्यटकीय गन्तव्यको रुपमा विकास हुन सक्छ । यसले आन्तरिक तथा वाह्य पर्यटनको विकास दुवैमा महत्वपूर्ण भूमिका खेल्न सक्ने संभावना देखिएको छ । 
(घ) रणनीतिक महत्वको स्थान बन्न सक्ने ः नेपाल र चीनको सन्दर्भमा यो क्षेत्र सुख्खा बन्र्दगाह जस्तै भएको र सुनकोशी नदी भारतको लागि समेत संबेदनशील नदी भएकोले नेपाललाई भारत र चीनबीचको पुलको रुपमा यो क्षेत्रको एकीकृत विकासले महत्वपूर्ण रणनीतिक अर्थ राख्ने देखिन्छ । 
संक्षेपमा ः पहिरोले जुन स्तरको धनजनको क्षती भएको छ त्यो अत्यन्त पीडादायी छ । पहिरोमा परि ज्यान गुमाउनु भएका सम्पूर्ण जुरेवासी एवं बाहिरका जनताहरुका हामी चीरशान्तिको कामना गर्दछौं । हाल उपचाररत एवं विपत्तिबाट पीडित एवं विस्थापित भएका सम्पूर्ण जनताको पुनःस्थापनाको लागि नेपाल सरकार, नागरिक समाज, सचेत नागरिक एवं अन्य छिमेकी राष्ट्रहरुबाट समेत पहल हुनु आवश्यक देखिएको छ । नेपाल सरकारको पहलकदमीमा यो क्षेत्रको अल्पकालीन एवं दीर्घकालीन विकासको लागि तत्कालै भूमिका रहनुपर्ने देखिएको छ ।

 


............................
धन बहादुर गुुरुङ 
अध्यक्ष
जल तथा ऊर्जा परामर्शदाता संघ नेपाल


............................
खिमानन्द कँडेल 
महासचीव
जल तथा ऊर्जा परामर्शदाता संघ नेपाल

 

Water and Energy Consultants Association , Nepal (WECAN)


Kupandole, Lalitpur, Nepal
GPO Box : 8973, NPC 585
Tel: 01-5546792, 01-5011213,
9851100118, 9851070202, 9851001008
Email: info@wecan.org.np
Web: www.wecan.org.np

Facebook


cyberlink

All Rights Reserved. © 2024 Copyrights www.wecan.org.np