WECAN

water

News & Events

नवीकरणीय ऊर्जाकर्मीहरु एकजुट हु“दै

जल तथा ऊर्जा परामर्शदाता संघ नेपाल (वीक्यान) को अगुवाईमा नवीकरणीय ऊर्जाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुलाई गोलबद्ध गर्ने प्रक्रिया शुरु भएको छ ।


पेशागत हकहित र सुरक्षाका साथै संस्थागत विकासका निम्ति जल तथा ऊर्जा परामर्शदाता संघ नेपाल, नेपाल लघु जलशक्ति विकास संस्था, नेपाल बायोग्या“स प्रवद्र्धन केन्द्र र सोलार उत्पादक संघ लगायतका संस्थाहरुबीच पेशागत महासंघ निर्माण गर्ने प्रक्रिया अगाडि बढेको हो । नेपालमा नवीकरणीय ऊर्जाको क्षेत्रमा काम गर्ने संस्थाहरुबीच आपसी सम्बन्ध विस्तार गर्ने तथा सरोकार निकायहरु समक्ष आफूहरुको माग बुलन्द बनाउन समान उद्देश्य बोकेका संस्थाहरुबीच एकताको आवश्यकता भएको जल तथा ऊर्जा परामर्शदाता संघ नेपालका महासचिव गुणराज ढकालले बताएका छन् ।
छुट्टाछट्टै संस्थाको प्रतिनिधित्व गरेर सरोकार निकायमा जा“दा आवाज कमजोर हुने र नवीकरणीय ऊर्जाको क्षेत्रमा कार्यरत सबै संंस्थाको समस्या तथा उद्देश्यहरुसमेत करीब–करीब समान नै रहेकाले एकताबद्ध भई अगाडि बढ्ने विषयमा सहमति भएको हो । आङ्खनो पेशागत सुरक्षाका निम्ति सामुहिक आवाज उठाउने विषयमा चार संस्थावीच सैद्दान्तिक सहमति भई विभिन्न चरणमा बैठकहरुसमेत बसिसकेको महासचिव ढकालले जनाएका छन् । एकीकृत संस्थाको संरचना कस्तो बनाउने भन्नेबारेमा ठोस निर्णय भइनसकेको भएता पनि पेशागत संजाल बनाउने बारेमा सबै संस्थाहरुबीच सहमति भइसकेको बताइएको छ ।


नवीकरणीय ऊर्जाको क्षेत्रमा कार्यरत चार संस्थाहरुबीच सहकार्य गर्ने सहमति भईसकेपछि वायु ऊर्जा उत्पादक तथा पानी घट्ट संचालक लगायत यस क्षेत्रमा कार्यरत अन्य उद्यमी तथा व्यवसायीहरु पनि उत्साहित भई संगठित हुने क्रममा रहेका छन् । नवीकरणीय ऊर्जाको क्षेत्रमा सक्रिय प्रमुख संस्थाहरुबीच कार्यगत एकता गर्ने सैद्दान्तिक सहमति भएपछि यस क्षेत्रमा लगानी गर्दै आएका दाताहरुले पनि देखाउन थालेका छन् । जल तथा ऊर्जा परामर्शदाता संघ नेपालका महासचिव ढकालका अनुसार जल तथा ऊर्जाको विकास एवं संस्थागत सुधारका निम्ति नेदरल्याण्ड सहयोग नियोग (एसएनभी) ले  उक्र संजाललाई सहयोग गर्ने सैद्दान्तिक सहमति दिएको बुझिएको छ ।


पेशागत संजालको अभावमा एउटै क्षेत्रबाट फरक–फरक दृष्टिकोणहरु आउ“दा आफूहरुलाई नै विभिन्न समस्याहरु उत्पन्न हुने गरेकाले एउटै आवाज लिएर जानु पर्ने आवश्यकताका कारण हामीहरु एकताबद्ध भएर अगाडि बड्न लागेको जल तथा ऊर्जा परामर्शदाता संघ नेपालका कार्यसमिति सदस्य कालिदास न्यौपाने बताउ“छन् । संस्थाको संरचना र यसको अवधारणाको निर्णय गर्न चार वटै संस्थाले अध्यक्षसहित प्रतिनिधि मण्डल खटाइसकेकाले एउटा संयुक्त भेलामार्फत यसको मूर्तरुप छिट्टै सार्वजनिक हुने न्यौपानेले जनाएका छन् ।    
 

Water and Energy Consultants Association , Nepal (WECAN)


Kupandole, Lalitpur, Nepal
GPO Box : 8973, NPC 585
Tel: 01-5546792, 01-5011213,
9851100118, 9851070202, 9851001008
Email: info@wecan.org.np
Web: www.wecan.org.np

Facebook


cyberlink

All Rights Reserved. © 2024 Copyrights www.wecan.org.np