WECAN

water

News & Events

सहकारीको निक्षेप १ सय मेगावाट विद्युत् उत्पादनलाई पर्याप्त

wecanमुलुकभर छरिएर रहेका सहकारीमा सङ्कलन भएको निक्षेपले १ सय मेगावाट विद्युत् उत्पादन गर्न सकिने धारणा विज्ञहरूले राखेका छन् । नेपाल विद्युत केन्द्रीय सहकारी सङ्घ लिमिडेट र जल तथा ऊर्जा परामर्शदाता सङ्घले राजधानीमा मङ्गलवार आयोजना गरेको ‘लघु तथा साना जलविद्युत् आयोजना विकासका लागि सहकारी आन्दोलन : चुनौती र अवसर’ नामक कार्यशाला गोष्ठीका सहभागी विज्ञहरूले सो कुरा बताएका हुन् । ‘हाल १ सय मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता सहकारीसँग छ,’ जल तथा ऊर्जा परामर्शदाता सङ्घका अध्यक्ष प्राडा रमेशकुमार मास्केले भने ।

सो कार्यशाला गोष्ठीमा जगदीश कोजू, धर्मराज पौडेल र प्राडा रमेशकुमार मास्केले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपालमा हाल २५ हजार सहकारी संस्था रहेको र तिनमा ४० लाख व्यक्ति आबद्ध रहेको जानकारी दिइएको थियो । ‘सहकारीमा सङ्कलन भएको रकम जलविद्युत्मा लगानी गर्न सके हाल भइरहेको लोडशेडिङलाई कम गर्न सकिन्छ,’ मास्केले भने । अहिले मुलुकभर १ हजार लघु जलविद्युत् आयोजनाबाट १७ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

विज्ञहरूले लघु जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि सरकारलाई सुझाव दिएका छन् । ‘राष्ट्रिय प्रसारण लाइनमा नजोड्दा व्यवसायलाई सहयोग पुग्दैन,’ अरुण भ्याली हाइड्रोपावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले बताए ।

Water and Energy Consultants Association , Nepal (WECAN)


Kupandole, Lalitpur, Nepal
GPO Box : 8973, NPC 585
Tel: 01-5546792, 01-5011213,
9851100118, 9851070202, 9851001008
Email: info@wecan.org.np
Web: www.wecan.org.np

Facebook


cyberlink

All Rights Reserved. © 2024 Copyrights www.wecan.org.np