WECAN

water

Programs

जल तथा ऊर्जा परामर्शदाता संघ नेपालको छैठौं साधारण सभा एवं WECAN Lifetime Achievement Award २०१४ वितरण सभा सम्पन्न

WECAN, Lifetime achievement awards, guna raj dhakal, bhola shrestha, itdg, practical action, Water and energy Consultants association, AEPC, micro hydro in nepal, nepal micro hydro development association, nmhda, seman, nbpa 

जल तथा ऊर्जा परामर्शदाता संघ नेपालले मंसिर २८ गते साधारण सभाको समापन समारोहमा आयोजना गरेको WECAN Lifetime Achievement Award २०१४ मा आईटिडिजीमा प्रभावकारी भूमिका निर्वाह गर्नुभएका एवं विशेष गरी अफ्रिकन मुलुकहरुमा लामो समय नवीकरणीय ऊर्जाको विकास एवं प्रवद्र्धनमा भूमिका निर्वाह गर्नुभएका बरिष्ठ इन्जिनियर श्री भोला श्रेष्ठ ज्यूलाई सम्मानित गरिएको छ । यस कार्यक्रममा माननीय ऊर्जा मन्त्री राधा ज्ञवाली ज्यूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । भारतसँग गरिएको विद्युत व्यापार संझौता सम्झौताले नेपालको ऊर्जा विकासको नयाँ ढोका खोलिएको र ऊर्जाको विकासले देशलाई सम्बृद्धिको दिशामा बढाउने उहाँको कथन थियो । हाल चमेलिया, कुलेखानी तेस्रो, राहुघाट आदि जस्ता पुुराना सरकारहरुले अगाडि सारेका आयोजनाहरुलाई अहिलेको ऊर्जाको नेतृत्वले स्वामित्व मात्र लिएको र ऊर्जा क्षेत्रका समस्याहरुलाई सहमतिको आधारमा समाधान गर्दै अगाडि बढाउने बताउनु भएको थियो ।

यसै शिलशिलामा परामर्शदाता संघ संस्थाको जलविद्युत विकासमा महत्वपूर्ण भूमिका रहेको र देशभित्र नै रहेका परामर्शदाताहरुबाट जलविद्युतको परामर्शसेवा उपलब्ध गराउने दिशामा आँफू सकरात्मक भएको समेत उहाँको धारणा थियो । स.साना परामर्शदाता कम्पनीहरु राज्यबाट उपेक्षित भएको र परामर्शसेवा माग्दाका सामान्य मापदण्ड पनि ठूला परामर्शदाता संस्थाहरुलाई मात्र जाने वातावरण भएको भन्ने जल तथा परामर्शदाता संघ नेपालको प्रश्नमा यस्ता विषयहरुलाई नीतिगत रुपमा समाधान गर्न आँफुले पहल गर्ने र देशभित्र नै उच्च मनोवलका साथ काम गर्न इन्जिनियर समुदायलाई समेत अनुरोध गर्नुभएको थियो ।

यस कार्यक्रममा जलस्रोत क्षेत्र, नवीकरणीय ऊर्जा क्षेत्र, ऊर्जा क्षेत्रमा काम गरिरहका सरकारी एवं गैरसरकारी संस्थाहरु, विभिन्न छाता संस्थाका पदाधिकारीहरु, परामर्शदाता संस्थाका प्रतिनिधिहरु गरी झण्डै १०० जना ऊर्जा विज्ञहरुको उपस्थिति रहेको थियो । यस कार्यक्रममा जल तथा ऊर्जा परामर्शदाता संघ नेपालका संस्थापक अध्यक्ष एवं काठमांडौ विश्वविद्यालय इन्जिनियरिङ क्षेत्रका एसोसियट डीन प्रा डा रमेश कुमार मास्के, प्राक्टिकल एक्सन नेपालका कन्ट्री डाईरेक्टर श्री अच्युत लुईटेल, नेपाल लघु जलशक्ति संस्थाका अध्यक्ष श्री सुरेन्द्रभक्त माथेमा, नवीकरणीय ऊर्जा समन्वय समितिका अध्यक्ष एवं सौर्य ऊर्जा उत्पादक संघ नेपालका अध्यक्ष श्री दिपक शाही, नेपाल हाईड्रोपावर एशोसिएसन् नेपालका अध्यक्ष श्री मेग बहादुर विश्वकर्मा, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक श्री राम प्रसाद धिताल, ऊर्जा मन्त्रालयका सहसचीव श्री समिर रत्न शाक्य, पुरस्कार बाट सम्मानित व्यक्तित्व श्री भोला श्रेष्ठले समेत शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन यस संस्थाका महासचिव श्री खिमानन्द कँडेलले, स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष गुणराज ढकालले गर्नुभएको थियो भने समापन यस संस्थाका अध्यक्ष श्री धनबहादुर गुरुङ ज्यूले गर्नुभएको थियो ।

 

 

Water and Energy Consultants Association , Nepal (WECAN)


Kupandole, Lalitpur, Nepal
GPO Box : 8973, NPC 585
Tel: 01-5546792, 01-5011213,
9851100118, 9851070202, 9851001008
Email: info@wecan.org.np
Web: www.wecan.org.np

Facebook


cyberlink

All Rights Reserved. © 2024 Copyrights www.wecan.org.np