WECAN

water

News & Events

ऊर्जा क्षेत्रको विकासको लागि सरकारलाई पेश गरिएका सुझावहरु

जल तथा ऊर्जा परामर्शदाता संघ नेपालको नवौं वार्षिक साधारण सभाको समापनको अवसरमा आयोजना गरिएको WECAN Lifetime Achievement Award वितरण समारोहमा माननीय ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन एवं राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष प्रा. डा. पुष्प राज कँडेल ज्यूलार्ई जल तथा ऊर्जा विज्ञ समूह ऊर्जा मन्त्रालयमा र राष्ट्रिय योजना आयोगमा गठन गरी देश तथा विदेशमा रहेका विज्ञहरुको निरन्तर सल्लाह र सुझाव लिन विशेष अनुरोध गर्दै निम्नानुसारको १४ वुँदे सुझावहरु औपचारिक रुपमा पेश गरिएको छ । आशा छ ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले ल्याउन लागेको श्वेत पत्रमा हामीले उठाएका एजेण्डाहरु उठान गरिनेछन् । साथै उक्त कार्यक्रमलाई भव्य र सभ्य बनाउन भूमिका खेल्नुहुने सम्पूर्ण महानुभावहरु एवं व्यक्तित्वहरुलाई धेरै धेरै धन्यवाद । पेश गरिएको कागजातको पूर्ण पाठ यस प्रकार रहेको छ ।

ऊर्जा क्षेत्रको विकासको लागि विक्यानले पेश गरेका केही सुझावहरु

श्वेत पत्रको सम्बन्धमा जल तथा ऊर्जा परामर्शदाता संघ नेपालले आफ्नो नवौं वार्षिक साधारण सभाको अवसरमा आयोजित Energy Development, an Engine of Economic Growth विषयमा आयोजित कार्यक्रममा उपस्थित जल तथा ऊर्जा विज्ञ ज्यूहरुबाट समेत प्राप्त सुझावलाई आधारमानी नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री ज्यू र राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष मार्फत नेपाल सरकारलाई पेश गरिएका केही सुझावहरु

(१) जल तथा ऊर्जा क्षेत्रको Central Brain को रुपमा काम गर्ने जल तथा ऊर्जा क्षेत्रमा काम गरी रहेका देश तथा विदेशमा रहेका नेपाली अनुसन्धानकर्ता र वैज्ञानिकहरुलाई समेटेर जल तथा ऊर्जा विज्ञ समूह गठन गर्नु आवश्यक छ ।

(२) जल तथा ऊर्जा क्षेत्रको अलग्गै अध्ययन र अनुसन्धन गर्न सरकारी र निजी क्षेत्रको समन्वयमा जल तथा ऊर्जा अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्नु आवश्यक छ ।

(३) केन्द्र सरकार र स्थानीय सरकारबीच जलस्रोत र अन्य ऊर्जा प्रविधिको कार्यक्षेत्र स्पष्ट हुने गरी Online Geographical Mapping System तयार गर्न आवश्यक छ । विक्यान यो अभियानको नेतृत्व लिन समेत तयार भएको जानकारी गराउँदछौं ।

(४) नवीकरणीय ऊर्जा वर्ष २०७५ वर्ष घोषणा गरी सरकारी र निजी क्षेत्रको सहकार्यमा राष्ट्रिय प्रचारात्मक अभियान संचालन गर्नु आवश्यक छ ।

(५) आगामी ५ वर्षभित्र देशका हरेक स्थानीय तहमा केन्द्रीय प्रसारण लाईन पुग्ने गरी हालै मात्र राष्ट्रिय योजना आयोगले अध्ययन गरिसकेको Sustainable Distributed Generation and Grid Access to All (SUDIGGA Study) आगामी ५ वर्ष भित्र देशका सम्पूर्ण स्थानीय तहमा केन्द्रीय प्रसारण लाईन पुग्ने गरी काम गर्नु आवश्यक छ ।

(६) Off Grid क्षेत्रमा ऊर्जाका प्रविधिहरु विस्तार गर्दा अनिवार्य रुपमा Cooking Solution to All न्यूनतम नारका साथ वैकल्पिक ऊर्जाका प्रविधिहरुको विकास गर्नुपर्छ ।

(७) नवीकरणीय ऊर्जा क्षेत्रको प्रचार प्रसार र खोजमुलक अनुसन्धानको लागि पेट्रोलियम पदार्थमा प्रति लिटर रु. १ कर लिएर नवीकरणीय ऊर्जा प्रवद्र्धन कोषको माध्यमबाट राष्ट्रिय स्तरमा नवीकरणीय ऊर्जा प्रवद्र्धन अभियान संचालन गर्ने ।

(८) हरेक वर्ष देशको आर्थिक उत्पादनको ठूलो हिस्सा पेट्रोलियम पदार्थ आयातमा खर्च भएको अवस्थालाई मध्यनजर गर्दै अत्यन्त दु्रत गतिमा नवीकरणीय ऊर्जा उत्पादनको अभियानलाई तीव्रता दिन विद्युत उत्पादनकर्ताहरुलाई विशेष सहुलियत र प्रोत्साहन गर्ने नीतिगत व्यवस्था गर्नुपर्छ ।

(९) नवीकरणीय ऊर्जा सम्बन्धी वैदेशिक अनुदान वा क्रृण सहयोग लिँदा नेपाली उद्यमी र क्षमता थप बलियो हुने गरी र अधिकतम देशमा उपलब्ध जनशक्तिको भूमिका स्थापित हुने गरी सम्झौता गर्नुपर्छ ।

(१०) देशमा यातायातका साधनहरुको अनियन्त्रित आयातको अवस्था यथावत भएको अवस्थालाई ध्यानमा राखी ठूला खाले यातायातका साधनहरुको प्रयोग र यातायात क्षेत्रसँग समन्वय गरेर स साना सवारीहरुको ठाउँमा देशव्यापी साईकल प्रवद्र्धन अभियान संचालन गर्नु आवश्यक छ ।

(११) सौर्य ऊर्जालाई लोडसेडिङको अस्थायी विकल्प भन्दा पनि स्पष्ट राष्ट्रिय सौर्य ऊर्जाको अध्ययन दस्तावेज बनाएर राष्ट्रिय अभियानकै रुपमा ग्रीडमा जोडिने खालका आयोजनाहरु विकास गर्नुपर्छ ।

(१२) महत्वपूर्ण अध्ययन, सन्धी, सम्झौता गर्दा जल तथा ऊर्जा क्षेत्रको विज्ञ समूहमा छलफल गरी निष्कर्षमा आएका अनुसन्धानमा आधारित तथ्यलाई टेकेर राष्ट्रिय हीतमा निर्णय लिनुपर्छ ।

(१३) ठूला जलाशय युक्त आयोजना विकास गर्दा व्यवस्थित शहरी विकास, पर्यटन विकास, सिंचाई आदि क्षेत्रमा जोडेर बहुउद्धेशीय रुपमा आयोजना विकास गर्नु आवश्यक छ ।

(१४) देशव्यापी रुपमा प्रयाप्त संख्यामा सबस्टेशनहरुको विस्तार गर्नु आवश्यक छ ।

त्यसैले यस बाहेक पनि जल तथा ऊर्जाको क्षेत्रमा व्यापक रुपमा रचनात्मक कार्यहरु संचालन गर्ने संभावना रहेकोले जल तथा ऊर्जा विज्ञ समूहको माध्यमबाट विक्यान लगायतका संस्थाहरुको समेत प्रतिनिधित्व गर्ने नीतिगत व्यवस्था गर्नुहुन समेत विशेष अनुरोध गर्दछौं । आशा छ पक्कै पनि आगामी दिनहरुमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयसँग मिलेर नेपालको विकासमा हाम्रो संस्थाले समेत महत्वपूर्ण भूमिका खेल्न सक्नेछ भन्ने हामीले विश्वास लिएका छौं ।

Water and Energy Consultants' Association Nepal (WECAN)
Email : info@wecan.org.np
Web : wecan.org.np

Water and Energy Consultants Association , Nepal (WECAN)


Kupandole, Lalitpur, Nepal
GPO Box : 8973, NPC 585
Tel: 01-5546792, 01-5011213,
9851100118, 9851070202, 9851001008
Email: info@wecan.org.np
Web: www.wecan.org.np

Facebook


cyberlink

All Rights Reserved. © 2024 Copyrights www.wecan.org.np