WECAN

water

News & Events

जल तथा ऊर्जा परामर्शदाता संघ नेपालको सातौं बार्षिक साधारण सभा एवं विक्यान लाईफटाईम अवार्ड २०१५ वितरण समारोह सम्पन्न

यही मिति २०७२ साल माघ २९ गते जल तथा ऊर्जा परामर्शदाता संघ नेपालको सातौं बार्षिक साधारण सभा काठमांडौ नयाँ बानेश्वर स्थित होटल अर्याल इन्टर नेशनलमा सम्पन्न  भएको छ । यस कार्यक्रमको पहिलो सत्रमा गुणराज ढकालको अध्यक्षतामा, कालिदास न्यौपाने उपाध्यक्ष, खिमानन्द कँडेल महासचिव, श्रीराम देवकोटा सचिव, नरेश न्यौपाने कोषाध्यक्ष र सदस्यहरुमा जगन्नाथ अम्माई, सुजन त्रिपाठी, जगदिश ढंगाना, भुपेन्द्र देव भट्ट, सन्तोष मण्डल र कुल प्रसाद तिमल्सिना सर्वसम्मत चयन हुनु भएको छ । 

  यस कार्यक्रमको दोस्रो सत्रमा विक्यान लाईफटाईम अवार्ड डिस्ट्रिव्युसन् समारोह २०१५ को आयोजना गरिएको थियो । यस कार्यक्रम लघु तथा साना जलविद्युतको विकासमा झण्डै ३० बर्ष अनवरत भूमिका निर्वाह गरिरहनु भएका, देश तथा विदेशमा रही ऊर्जा क्षेत्रको विकासमा लाग्नु भएका व्यक्तित्व शंकरलाल वैद्य ज्यूलाई सम्मान गरिएको थियो ।    यस कार्यक्रमका प्रमुख अतिथिमा जनसंख्या तथा वातावरण मन्त्री माननीय विश्वेन्द्र पासवान, बरिष्ठ आर्थिकक विकास विज्ञ गजेन्द्र थपलिया, राष्ट्रिय योजना आयोगका माननीय सदस्य ज्यूहरु डा. सुमित्रा अमात्य, डा. कामानन्द देव, डा. सुनिल बावु श्रेष्ठ, जनसंख्या तथा वातावरण मन्त्रालयका श्रीमान सचिव विजय कुमार मल्लिक ज्यू, विद्युत विकास विभागका महानिर्देशक समीर रत्न शाक्य, पञ्चेश्वर बहुउद्धेश्यीय परियोजनाका प्रमुख कार्यकारी अधिकृत एवं नेपाल इन्जिनियर्स एशोसियसन्का पूर्व अध्यक्ष श्री महेन्द्र बहादुर गुरुङ, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक राम प्रसाद धिताल, बुढीगंगा जलविद्युत आयोजनाका प्रमुख श्री संजीव बराल,सान्जेन जलविद्युत आयोजनाका कार्यकारी प्रमुख गिरी राज अधिकारी, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका सहायक निर्देशक एवं कर्मचारीहरु, ग्रामीण जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जा कार्यक्रमका राष्ट्रिय कार्यक्रम प्रबन्धक सतिष गौतम, नेपाल लघु जलविद्युत विकास संस्था अध्यक्ष कृष्ण प्रसाद देवकोटा, नवीकरणीय ऊर्जा गैह्रसरकारी संस्था महासंघका महासचिव ज्यू एवं वैकल्पिक ऊर्जा प्रवद्र्धन कन्द्र अन्र्तगत  क्षेत्रीय सेवा केन्द्र र राष्ट्रिय सेवा प्रदायक संस्थाबाट उपस्थित हुनुभएका सम्पूर्ण प्रतिनिधिहरु, नवीकरणीय ऊर्जाको क्षेत्रमा लामो समय काम गरिरहनुभएका सम्पूर्ण विशिष्ट विज्ञ एवं व्यक्तित्वहरु, लगायत सम्पूर्ण पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।    यस कार्यक्रममा विशेष गरी वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग सम्बन्धित प्रविधिहरुको विस्तारको सन्दर्भमा देखिएका नीतिगत र कार्यान्वयनमा देखिएका जटिलताहरु अविलम्ब हटाउनको लागि सम्पूर्ण सरोकारवालाहरुले आआफ्नो स्थानबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको वक्ताहरुले औल्याएका थिए । जनसंख्या तथा वातावरण मन्त्रालयका तर्फबाट  समेत वैकल्पिक ऊर्जा क्षेत्रमा देखिएकका समस्या समाधान गर्न आँफूहरु प्रतिवद्ध रहेको र दातृ  निकायसँगको सम्झौतालाई समेत आधार मानेर अघि बढ्नुपर्ने स्थिति देखिएको कुरा माननीय मन्त्री एवं सचिव ज्यूले व्यक्त गर्नुभएको थियो । यसै गरी माननीय जनसंख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवान, जनसंख्या तथा वातावरण मन्त्रालयका श्रीमान सचिव श्री विजय कुुमार मल्लिक, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका तर्फबाट यही पौष २९ गते जनसंख्या तथा वातावरण मन्त्रालयबाट गठित वैकल्पिक ऊर्जाको क्षेत्रमा देखिएका विद्यमान नीतिगत तथा क्षेत्रगत समस्याहरुको पहिचान गरी समाधानका उपायहरु सुझावको रुपमा पेश गर्न बनेको यस कार्यदलको प्रतिवेदन प्राप्त भईसकेको र यस क्षेत्रको समस्या समाधान गर्नको लागि यस कार्यदललाई समेत नियमितता गर्न सकिने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक राम प्रसाद धिताल ज्यूले धारणा राख्नु भएको थियो ।    यसै कार्यक्रमको अन्तमा राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. सुनिल बावु श्रेष्ठले जल तथा ऊर्जा क्षेत्रको कार्यक्षेत्र व्यापक रहेको र देशको विकासको लागि दीर्घकालीन लक्ष्यहरुलाई समेत आत्म सात गर्दै निजी क्षेत्रले विकासको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउनु भएको थियो । शहरी विकासको सन्दर्भमा एकीकृत बस्ती विस्तारको सन्दर्भमा समेत नीतिगत तयारीहरु भईरहेको जानकारी समेत गराउनु भएको थियो ।    यसै गरी राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. कामानन्द देवले ऊर्जाको विकास वीना कुनै पनि क्षेत्रको विकास हुन नसक्ने र वैकल्पिक ऊर्जा क्षेत्रका विकासको लागि समेत आँफूले सक्दो भूमिका निर्वाह गरेको बताउनु भएको थियो ।    यसै क्रममा राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. सुमित्रा अमात्यले ऊर्जाको विकासको लाागि हाईड्रोजनलाई समेत ऊर्जाको रुपमा प्रयोग गर्न सकिने र ऊर्जाका नवीनतम प्रविधिहरुको विकास गरी देशलाई समृद्ध बनाउनको लागि समेत प्रयास गर्नुपर्ने बताउनु भएको थियो । वरिष्ठ आर्थिक विकास विज्ञ गजेन्द्र थपलियाले सम्पूर्ण सरोकारवाला निकायहरुले उत्तिकै जिम्मेवारी बहन गरी देश प्रतिको आफ्नो दायित्व निर्वाह गर्नुपर्ने स्थिति रहेको र प्रधानमन्त्रीको कार्यालयको तर्फबाट नवीकरणीय ऊर्जा क्षेत्रको विकासमा सक्दो प्रयास रहने बताउनु भएको थियो । यस कार्यक्रमको समापन यस संस्थाका नव निर्वाचित अध्यक्ष श्री गुणराज ढकालले गर्नुभएको थियो भने कार्यक्रम संचालन नवनिर्वाचित महासचिव खिमानन्द कँडेलले गर्नुभएको थियो ।         

Water and Energy Consultants Association , Nepal (WECAN)


Kupandole, Lalitpur, Nepal
GPO Box : 8973, NPC 585
Tel: 01-5546792, 01-5011213,
9851100118, 9851070202, 9851001008
Email: info@wecan.org.np
Web: www.wecan.org.np

Facebook


cyberlink

All Rights Reserved. © 2024 Copyrights www.wecan.org.np