WECAN

water

News & Events

नवीकरणीय उर्जा प्रदर्शनी हुँदै, एकै छानामुनि सम्पूर्ण जानकारी

 मुलुकले चरम उर्जा संकट बेहोरिरहेको समयमा नवीकरणीय उर्जाका प्रविधि र सामग्रीहरुको प्रदर्शनी हुने भएको छ ।

सर्वसाधरणलाई नवीकरणीय उर्जाबारे जानकारी दिन बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले पुसको १७ देखि १९ गतेसम्म प्रदर्शनी गर्न लागेको हो । ‘उर्जा सुरक्षाको लागि नवीकरणीय उर्जा’ भन्ने मूल नाराका साथ हुने तीनदिने प्रदर्शनी हुन लागेको केन्द्रले जनाएको छ ।

प्रदर्शनीमा सोलार, सुधारिएको चुलो, वायोग्यास, लघुजलविद्युत, वायुउर्जा लगायतका प्रविधिको प्रदर्शनी तथा विभिन्न अन्तक्रियात्मक कार्यक्रमहरु गरिने वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले वातावरण मन्त्रालयमा पत्रकार सम्मेलन गरेर जानकारी दिए ।

ऊर्जा संकटलाई सम्बोधन गर्न र दुर्गम तथा शहरी क्षेत्रहरुमा उर्जा प्रविधिको पहुँचमा वृद्धि गर्न कार्यक्रम गर्न लागिएको उनले बताए । प्रदर्शनीमा अवलोकन गर्ने सर्वसाधरणले लोडसेडिङको झन्झटबाट मुक्त हुने विकल्पहरु पाउने धितालले दावी गरे ।

प्रदर्शनीमा शहरी क्षेत्रमा अनुदान र सुलभ कर्जामा आधारित सौर्य ऊर्जा प्रणाली, फोहोरमैलाबाट उर्जा उत्पादन र घरायसी ग्यासीफायर जस्ता नवीवतम प्रविधि र जडान प्रक्रियाको बारेमा समेत जान्न सकिने केन्द्रले जानकारी दिएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा हुने कार्यक्रममा सोलार, लघुजलविद्युत, जैविक ऊर्जा, वायो ग्याँस, वायु उर्जा लगायतका प्रविधिबारेका १ सय २५ स्टलहरु राखिने छन् ।

विभिन्न कम्पनीले उत्पादन तथा आयात गरेका नवीकरणीय ऊर्जा प्रविधिसँग सम्वन्धीत उपकरण तथा सामानहरु सर्वसाधरणले सुलभ मूल्यमा किन्न सक्नेछन् । प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था मिलाईएको कार्यकारी निर्देश्क धितालले बताए ।

हालसम्म नेपालमा लघु जलविद्युत आयोजनाबाट झण्डै २६ मेगावाट विद्युत उत्पादन भएको छ भने झण्डै ३ लाख ५० हजार वायोग्यास प्लान्ट पजि जडान भएका छन् ।

झण्डै ७ लाख सौर्य विद्युत प्रणाली र १२ लाख सुधारिएको चुलो निर्माण पनि भएको छ । देशभर ३० लाख भन्दा बढि घरधुरी नवीकरणीय उर्जाको उपभोक्ता रुपमा छन् ।

 

स्रोत: अनलाईन खबर

Water and Energy Consultants Association , Nepal (WECAN)


Kupandole, Lalitpur, Nepal
GPO Box : 8973, NPC 585
Tel: 01-5546792, 01-5011213,
9851100118, 9851070202, 9851001008
Email: info@wecan.org.np
Web: www.wecan.org.np

Facebook


cyberlink

All Rights Reserved. © 2024 Copyrights www.wecan.org.np