WECAN

water

News & Events

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग सम्बन्धित विषयहरुमा सरकारी निकायको ध्यानाकर्षण

 वैकल्पिक नवीकरणीय ऊर्जा क्षेत्रबाट नेपाल र नेपाली जनताले ठूलो अपेक्षा गरिरहेको वर्तमान सन्दर्भमा यस क्षेत्रमा कार्यरत संस्थाहरु क्रमशः जल तथा ऊर्जा परामर्शदाता संघ नेपालनेपाल सौर्य ऊर्जा उत्पादक संघनेपाल गोवरग्यास प्रवद्र्धन संस्थानेपाल लघु जलविद्युत विकास संस्था, ग्रामीण प्रविधि प्रवद्र्धन संस्था, सोलार थर्मल एसोसियसन अफ नेपाल एवं वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको क्षेत्रीय सेवा केन्द्रको रुपमा काम गरिरहेका ९ वटा संस्थाहरु र २ वटा राष्ट्रिय सेवा प्रदायक संस्थाहरुले संयुक्त रुपमा नेपाल सरकारको ध्यानाकर्षण गराउँदै निजी क्षेत्रहरुको व्यापक सहभागितामा वैकल्पिक नवीकरणीय ऊर्जा प्रविधिहरुलाई व्यापक रुपमा जनताहरुसँग पुर्याउन नेपाल सरकारले प्रभावकारी भूमिका निर्वाह गरोस् भन्ने आशयका साथ विभिन्न सरकारी निकायहरुमा संयुक्त ज्ञापन पत्र पेश गरिएको छ । 


विशेष गरी राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रमको सफल कार्यन्वयनको लागि चालिनुपर्ने कदमहरु, नवीकरणीय ऊर्जा अनुदान परिचालन कार्यविधि २०७० मा व्यापक परिमार्जन गर्नुपर्ने सन्दर्भ, भुकम्प पछिको पुनः निर्माण, नाकावन्दी पछिको स्थितिमा यस क्षेत्रले खेल्नुपर्ने भूमिका एवं दीर्घकालीन रुपमा नवीकरणीय ऊर्जा क्षेत्रको विकासको लागि सरकारी स्तरबाट चालिनुपर्ने कदमहरुको वारेमा सम्वन्धित पक्षहरुलाई अवगत गराईएको थियो ।

Water and Energy Consultants Association , Nepal (WECAN)


Kupandole, Lalitpur, Nepal
GPO Box : 8973, NPC 585
Tel: 01-5546792, 01-5011213,
9851100118, 9851070202, 9851001008
Email: info@wecan.org.np
Web: www.wecan.org.np

Facebook


cyberlink

All Rights Reserved. © 2024 Copyrights www.wecan.org.np