WECAN

water

News & Events

भोटेकोसी अवरोध गर्नेलाई कारबाही हुन्छ : ऊर्जामन्त्री

WECAN, Lifetime achievement awards, guna raj dhakal, bhola shrestha, itdg, practical action, Water and energy Consultants association, AEPC, micro hydro in nepal, nepal micro hydro development association, nmhda, seman, nbpa 

उर्जामन्त्री राधा ज्ञवालीले भोटेकोसी जलविद्युत् आयोजना निर्माणमा अवरोध गर्नेलाई कारबाही गरिने बताएकी छिन् ।आइतबार जल तथा ऊर्जा परामर्शदाता संघ नेपालको छैटौं साधारण सभामा बोल्दै मन्त्री ज्ञवालीले १ सय २ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजना निर्माणमा अवरोध गर्नेलाई कारबाहीका  पत्र लेखिसकेको जानकारी दिइन् । ‘गृह मन्त्रालयलाई कारबाहीकालागि पत्र लेखेका छौं, जोसुकैका कार्यकर्ता परे पनि छुटाउनका लागि दबाब नदिने मन्त्रिपरिषद्मा समेत सहमति भएको छ,’ उनले भनिन् ।

४५ मेगावाटको भोटेकोसीको टावर निर्माणमा गरेको अवरोध गर्नेमाथि पनि कारबाही गर्ने उनको भनाइ थियो । ‘छलफल पनि गर्ने पक्षमा सरकार छ तर अवरोध गरिरहने हो भने सरकार चुप लाग्दैन, उनीहरूमाथि कारबाही हुन्छ,’ उनले भनिन् । मन्त्रीले नेपालका जलविद्युत् आयोजनाको लागत बढेको भन्दै सरकारले नेपाली परामर्शदातालाई जलविद्युत् आयोजनामा सहभागी गराउनका लागि नीतिगत रुपमा व्यवस्था गर्ने बताइन् । नेपाल र भारतबीच भएको ऊर्जा व्यापार सम्झौता (पीटीए)ले जलविद्युत् विकासको ढोका खुलेको उनको भनाइ थियो ।

कार्यक्रममा विगत ३० वर्षदेखि नेपाल र अफ्रिकन मुलुकमा जलविद्युत् र लघु जलविद्युत्को क्षेत्रमा परामर्शदाताको रूपमा योगदान पु¥याएका भोला श्रेष्ठलाई लाइफ टाइम अवार्डद्वारा सम्मानित गरिएको थियो । मन्त्री ज्ञवालीले उनलाई सम्मान गरेकी थिइन् । कार्यक्रममा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले वैकल्पिक उर्जामार्फत मात्र १ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्न सकिने बताए ।

पश्चिम सेतीबारे मन्त्रीको ध्यानाकर्षण बहुचर्चित ७५० मेगावाटको पश्चिम सेती जल विद्युत् आयोजना अघि बढाउन उर्जामन्त्री राधा ज्ञवालीले समझदारी गरेको सीडब्लूई इन्भेस्टमेन्ट कम्पनीको ध्यानाकर्षण गराएकी छिन् ।

प्रारम्भिक समझदारी गरिएको चिनियाँ कम्पनी थ्री ग्रोजेज कर्पोरेसनको सहायक कम्पनी सीडब्लुई इन्भेस्टमेन्टका प्रतिनिधिसँग ऊर्जा मन्त्रालयमा भएको भेटमा उनले छिटो अगाडि बढाउन आग्रह गरिन् । सो अवसरमा पश्चिम सेती जल विद्युत् आयोजनाबाट उत्पादित विद्युत् नेपालको आन्तरिक माग पूरा गरी वढी भएको विद्युत् प्रस्तावित ७६५ केभी प्रसारण लाइनको निर्माणमार्फत भारत निकासी गर्न सकिने सम्भावनाका विषयमा समेत छलफल भएको ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ 

 राजधानी समाचारदाता

काठमाडौं, २८ पुस

 

 

Water and Energy Consultants Association , Nepal (WECAN)


Kupandole, Lalitpur, Nepal
GPO Box : 8973, NPC 585
Tel: 01-5546792, 01-5011213,
9851100118, 9851070202, 9851001008
Email: info@wecan.org.np
Web: www.wecan.org.np

Facebook


cyberlink

All Rights Reserved. © 2024 Copyrights www.wecan.org.np