WECAN

water

News & Events

लघु जलविद्युत्को क्षेत्रका अभिभावकको मृत्यु

Urja news nepal, UrjaBahas, Urja Article, Interviews, Energy news nepal, Sharemarket Nepal, International Energy News, Nepal Hydropower, Alternative Energy in nepal, Nepal Business, Stock Market (nepse), Finance and Economic news,Stock analysis, energy, news of nepal, nepal energy, energy sources, sources of energy in nepal, nepal, renewable, resources, renewable resources, solar power, solar panels, alternative energy, home power, solar electricity, photovoltaics, PV panels, solar power system, renewable energy, solar, power, energy, urjanews, urja news, urjabahas, urjaawaj,bio heat, load, shedding, load shedding,fuels, hydro, power, hydro power,bio, electricity,power, Nepal News, Online News from Nepal, Nepali News, Political, Science, Social, Sport, Ecomony, Business, TeestaUrja Limited news,Urja videos, Urja photos, urja latest updates, Urja Global Ltd, stock price, Urja Global stock quote, live quote, real time quote, Urja Global Ltd stock, Urja Global stock quote, Urja Global stock, Urja Global stock prनेपालको लघु जलविद्युत्को क्षेत्रका अग्रणी व्यक्ति श्यामराजा प्रधानको ७७ वर्षको उमेरमा मंगलबार विहान निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि परिवारजनले राजधानीको ग्वार्कोस्थित बिएन्डबी अस्पताल पु¥याएकोमा उहाँको उपचारकै क्रममा मृत्यु भएको थियो । 
प्रधानका जेठा छोरा सुमन प्रधान बेलायतबाट आएपछि बुधबार दिउँसोमात्रै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । प्रधानलाई अन्तिम श्रद्धाञ्जली दिन आर्यघाटमा आफन्तजनका साथै नेपाल लघु जलशक्ति विकास संस्थाका अध्यक्ष सुरेन्द्रभक्त माथेमा, जल तथा ऊर्जा परामर्शदाता संघ नेपालका अध्यक्ष धनबहादुर गुरुङलगायतका लघु जलविद्युत्का क्षेत्रमा क्रियाशील व्यक्तिहरू पुगेका थिए । 
नेपाल लघु जलशक्ति विकास संस्थाका संस्थापकसमेत रहेका प्रधानको निधनले नेपालको लघु जलविद्युत्का क्षेत्रमा ठूलो क्षति भएको लघु जलविद्युत् उद्यमीले बताएका छन् ।
प्रधानको संक्षिप्त जीवनीलघु जलविद्युत्को लागि आवश्यक टर्वाइनलगायतका विभिन्न प्रविधिको डिजाइन तथा निर्माणमा प्रधान सक्रिय रहँदै आउनु भएको थियो । 
विश्वबजारमा नेपालको लघु जलविद्युत्को विश्वसनीयता यसको प्रख्याती र गुणस्तरको जति चर्चा हुने गरेको छ । त्यसमा श्यामराजा जस्ता अगुवाहरूको योगदान अत्यन्तै महत्वपूर्ण रहेको छ । सीमित स्रोत साधन र प्रविधिको अभावका बीच पनि आफ्नो लगन, मेहनत र परिश्रमका कारण प्राप्त उपलब्धि अहिलेको सफलता हो । 
काठमाडौंको ह्युमतटोलमा जन्मिनुभएका प्रधानले पा“च वर्षको उमेरमा नै बुबा गुमाउनु भयो । तत्पश्चात आमाले नै हुर्काउनुभयो, पढाउनुभयो । आमाको ममतामा हुर्किएको भए पनि उहा“को जीवन संघषर्मय नै थियो । दरबार हाईस्कूलमा पढ्दै गर्दा वि.सं. २००९ सालमा प्रधान जम्मा १६ वर्षको हुनुहुन्थ्यो तब उहा“ अर्को समस्याको भूमरीमा पर्नुभयो । अर्थात उहा“लाई विफर रोगले समात्यो । विफर भएपछि प्रधानको औपचारिक शिक्षामा पूर्णविराम लाग्यो र उहा“ विद्यालय जान छोड्नुभयो । औपचारिक शिक्षामा पूर्णविराम लागे पनि उहा“को मनभित्र केही गरौं, सिकौं भन्ने भित्री इच्छा तथा प्रविधिप्रति रुचि थियो । त्यही दृढ इच्छाशक्तिका कारण प्रधान घरेलु कार्यालयद्वारा सञ्चालित डिजाइनसम्बन्धी तालिममा सहभागी हुनुभयो । दृढ इच्छाशक्तिका कारण लगनशिलताका साथ सिक्नुभयो । त्यसको परिणाम स्वरूप तालिममा प्रथम भई राजा महेन्द्रबाट पुरस्कारसमेत प्राप्त गर्नुभयो । त्यसपछि उहा“को जीवनले नया“ मोड लियो, स्विस एसोसिएसन अफ टेक्निकल ट्रेनिङ सेन्टरमा डिजाइनको काम शुरू गर्नुभयो । यसैक्रममा सन् १९६० मा बालाजु यन्त्रशाला खुल्यो र त्यहा“ सन् १०६४ सम्म प्रमुख डिजाइनर भई काम गर्नुभयो । तत्पश्चात सन् १०६६–१९७६ सम्म सिनियर डिजाइनर भई लघु तथा साना जलविद्युत्को निम्ति टर्वाइनलगायतका प्रविधिको काम गर्नुभयो । 
सन् १९७६ आफ्नै व्यवसाय सञ्चालन गर्ने अभिप्रायका साथ नेपाल यन्त्रशाला स्थापना गरी काम थाल्नुभयो । नेपाल यन्त्रशालामार्फत् टर्वाइनलगायतका प्रविधिको निर्माण, जडान र अनुगमन गर्दै आउनुभएको छ । स्विट्जरल्यान्ड र श्रीलंका लगायतका देशमा लघु तथा साना जलविद्युत्का विषयमा विभिन्न चरणमा अध्ययन भ्रमण गर्नुभएका प्रधानको नेतृत्वमा सोलुखुम्बु, रामेछाप, दोलखालगायतका जिल्लामा तीनसयभन्दा बढी लघु जलविद्युत्का टर्वाइन जडान भएका छन् । त्यहाँ दुई सय वाटदेखि १०० किलोवाटसम्म टर्वाइन जडान भएका छन्, रोचक कुरा त के छ भने उहाँले सोलुखुम्बु जिल्लामा मात्रै ७० वटा लघु जलविद्युत् प्लान्ट जडान गर्नुभएको छ । यसबीचमा उहाँको नेतृत्वमा २५ सय किलोवाट विद्युत् उत्पादन भएको छ । प्रधानले १ हजार वटा बहुउद्देश्यीय सुधारिएको पानीघट्ट पनि जडान गर्नुभएको छ । नेपालमा मात्रै होइन, दक्षिण एसियालगायतका विभिन्न मुलुकमा प्रधानको कम्पनीले निर्माण गरेका टर्वाइनहरू बिक्री हुने गरेका छन् । प्रधानलाई नेपालको लघु जलविद्युत्का पिताका रुपमा त्यस क्षेत्रमा सम्मान गर्ने गरिन्छ ।

Source: www.urjanews.com 

Water and Energy Consultants Association , Nepal (WECAN)


Kupandole, Lalitpur, Nepal
GPO Box : 8973, NPC 585
Tel: 01-5546792, 01-5011213,
9851100118, 9851070202, 9851001008
Email: info@wecan.org.np
Web: www.wecan.org.np

Facebook


cyberlink

All Rights Reserved. © 2024 Copyrights www.wecan.org.np