WECAN

water

News & Events

जल तथा ऊर्जा परामर्शदाता संघ नेपाल (WECAN)

 जल तथा ऊर्जा क्षे‌त्रमा छरि‌एर‌ काम गरि‌र‌हे‌का पर‌ामर्शदाताहरूलाई एउटै‌ छाताभित्र समावे‌श गनेर्‌ र‌ यस क्षे‌त्रमा पर‌ामर्श क्षे‌त्रस“ग सम्बन्धित अवसर‌ धे‌र‌ै‌भन्दा धे‌र‌ै‌ सिर्जना गर‌ी दे‌श विकासको‌ अभियानमा समे‌त पूर्ण रूपमा समर्पित गनेर्‌ उद्दे‌श्यका साथ २०६६÷५÷२९ गते‌ जिल्ला प्रशासन कार्यालय काठमाडौ‌ंमा विधिवत् रूपमा  जल तथा ऊर्जा पर‌ामर्शदाता संघ ने‌पाल (ध्भ्ऋब्ल्) दर्ता भएको‌ हो‌जल तथा ऊर्जा क्षेत्रमा छरिएर काम गरिरहेका परामर्शदाताहरूलाई एउटै छाताभित्र समावेश गर्ने र यस क्षेत्रमा परामर्श क्षेत्रस“ग सम्बन्धित अवसर धेरैभन्दा धेरै सिर्जना गरी देश विकासको अभियानमा समेत पूर्ण रूपमा समर्पित गर्ने उद्देश्यका साथ २०६६/५/२९ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विधिवत् रूपमा  जल तथा ऊर्जा परामर्शदाता संघ नेपाल (WECAN) दर्ता भएको हो । हालसम्म यस संस्थामा ४० संस्था एवम् व्यक्तिहरू आबद्ध भइसकेका छन् । जसअनुसार १५ संस्थाले आजीवन सदस्यता प्राप्त गरिसकेका छन् र २३ संस्था एवम् व्यक्ति साधारण सदस्यको रूपमा आबद्ध छन् । साथै WECAN द्वारा विभिन्न समयमा WECAN Lifetime Achievement Award  बाट सम्मानित हुनु भएका अक्कलमान नकर्मी र श्यामराजा प्रधानलाई  मानार्थ सदस्यता प्रदान गरिएको छ ।

असीमित प्राकृतिक सम्पदाको धनी देश नेपालमा जलस्रोतको अपार भण्डार छ । जलसम्पदामा विश्वमा धनी भए पनि सय वर्षको विद्युत् उत्पादनको इतिहासमा नेपालले एकहजार मेगावाट पनि विद्युत् उत्पादन गर्न नसक्दा नेपालका करिब ५० प्रतिशत जनता अझै पनि विद्युत्को पहु“चभन्दा बाहिरै छन् । बा“की ५० प्रतिशत जनता पनि दिनह“ु घण्टौंको लोडसेडिङको मार खेप्न बाध्य छन् । आर्थिक विकासको सूचकको रूपमा रहेको विद्युत् ऊर्जाको अधिकतम् उपलब्धता र प्रयोग हामी अझै गर्न सकिरहेका छैनौं । यसको लागि हामी सम्पूर्ण नेपालीको साझा ईमान्दार प्रयास आजको आवश्यकता भएको छ । 

एकदशक लामो द्वन्द्वको चपेटा होस् या पछिल्ला उर्वर वर्षमा समेत यस जल तथा ऊर्जा क्षेत्रमा कार्यरत परामर्शदाताहरूले संकटकाल, नेपालबन्द, आमहड्ताल, लोडसेडिङ, अनिश्चितकालीन नाकाबन्दी, चक्काजामजस्ता अनेकौं समस्यास“ग जुध्दै देशका कुनाकाप्चामा पुगेर अत्यन्तै जिम्मेवारीका साथ कार्य सम्पन गरेको वास्तविकता एकातिर छ, भने अर्कोतर्फ यसरी काम गर्ने संस्था एवं व्यक्ति नै विदेश पलायन हु“दै गएको तीतो यथार्थ हाम्रो सामु छर्लगै छ । 

सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै जल तथा ऊर्जा परामर्शदाताको हक, अधिकारको लागि लड्दै विभिन्न कठिन परिस्थितिसमेत पार गर्दै आज संस्थाको पा“चौं साधारणसभा आइपुग्नु पक्कै पनि गौरवपूर्ण छ भन्ने हामीले महशुस गरेका छौं ।  हरेक दिन, हरेक समय परिस्कृत नया“ संभावना र उज्यालोतर्फ लम्किएको पाउ“दा हामी सबैलाई खुशी लाग्नु स्वभाविकै नै हो । स्थापना कालदेखि नै आन्तरिक तथा बाह्य स्रोत जुटाई परार्शदाताको क्षमता अभिवृद्धि, तालिम, गोष्ठी, सेमिनार, बहस, छलफल, अन्तरक्रिया जस्ता कार्यक्रमहरू गर्दै आएको WECAN ले गत आव २०६९÷७० मा पनि विभिन्न कार्यक्रम गरी  ऊर्जा क्षेत्रमा आफ्नो दरिलो उपस्थिति देखाउन सफल भएकोमा गर्व महशुस हुन्छ । आगामी दिनमा पनि यसभन्दा अझ बढी र प्रभावकारी सक्रियता र दरिलो उपस्थितिका लागि हामी तत्पर हुनेछौं भन्ने अपेक्षा पनि छ । अग्रजहरूलाई सम्मान तथा नया“ पुस्तालाई प्रोत्सहना दि“दै विभिन्न कार्यक्रमहरू भइरहेका छन् । 

संस्थाका मुख्य उपलब्धि ः

(१) परामर्शदातासम्बन्धी भएगरेका विभिन्न निर्णय एवम् गतिविधिका सम्बन्धमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलगायतका सरोकार निकायहरूमा जल तथा ऊर्जा परामर्शदाता संघ नेपाल (ध्भ्ऋब्ल्) का तर्फबाट संस्थाको आधिकारिक धारणासहित पेशागत हकहित र मर्यादालाई कायम राख्दै विभिन्न मितिमा सम्बन्धित सरोकारवाला निकायहरूस“ग नीतिगत सुधारको लागि विभिन्न माध्यमबाट पहल गरिएको छ । 

(२) परामर्शदाता कम्पनीहरूको क्षमतावृद्धि गर्नका निम्ति वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा लघु जलविद्युत्का आयोजनामा सर्भेयर तथा डिजाइनरसम्बन्धी विभिन्न चरणमा तालिमहरू सम्पन्न गरिएका छन् । यसबाट १५० जना भन्दा बढी इन्जिनियर तथा जुनियर इन्जिनियरहरुले सर्भे तथा डिजाइनसम्बन्धी विशेष सीप आर्जन गर्न सफल भएका छन् । यसै आर्थिक वर्षमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक सहयोगमा Micro Hydro Survey and Design Training 23rd June to July 01, 2013 (2-Batches in Parallel), , काठमाडौंमा सञ्चालन गरिएको छ जसमा ७४ जना इन्जिनियर तथा जुनियर इन्जिनियरहरूको सहभागिता  थियो । 

(३) लघु तथा साना जलविद्युत्मार्फत् देशमा जारी ऊर्जा संटकलाई न्यूनीकरण गर्न भएगरेका विभिन्न गोष्ठी, सेमिनार तथा अन्य कार्यक्रममा संस्थाको सक्रिय सहभागिता गरिएको छ । त्यस्ता कार्यक्रममा संस्थाका प्रतिनिधिले स्रोत व्यक्ति, कार्यपत्र प्रस्तोता, सहजकर्तालगायतका भूमिका निर्वाह गर्नुभयो । त्यस्ताबाट संस्थाका प्रतिनिधिहरूको वृत्ति विकासमा उल्लेख रूपमा प्रगति भएको संस्थाले महशुस गरेको छ । जस्तै ः दक्षिण एसियामा लघु जलविद्युत्को  संभावना र चुनौती विषय क्षेत्रीय गोष्ठीमा संस्थाले परामर्शदाताको तर्फबाट प्रदर्शनी र लघु जलविद्युत्का निम्ति विद्यमान जनशक्ति तथा क्षमताका रूपमा कार्यपत्र प्र्रस्तुत गरेको थियो ।

(४) वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमा शुरू भएका राष्ट्रिय ग्रामीण तथा नवीकरण ऊर्जा कार्यक्रम (ल्च्च्भ्ए) को कार्यान्वयन तथा यसको संरचनाका विषयमा संस्थाले आफ्नो स्पष्ट धारणा राख्दै परामर्शदाताको भूमिकालाई उल्लेखनीय र सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्यो । यस कार्यक्रममा संस्थाको पहलबाट परामर्शदाता शुल्क वृद्धि र  लघु जलविद्युत् परियोजनाहरूमा कामको गुणस्तरलाई कायम राख्नका लागि परियोजनाको निर्माण सुपरभिजन गर्न परार्शदाताको भूमिकालाई अनिवार्य गरिएको छ । यसले समग्र परामर्शदातालाई थप दायित्व प्रदान गर्नुका साथै उनीहरूलाई थप जिम्मेबार बनाएको संस्थाले महशुस गरेको छ । 

(५) वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले लघु जलविद्युत्का क्षेत्रमा प्रदान गर्दै आएको अनुदानको अनुगमन गर्ने समितिसमक्ष संस्थाले परामर्शदाता कम्पनीको शुल्क वृद्धि गर्न तथा समय सापेक्ष अनुदान रकम वृद्धि दिएको लिखित सुझाव दिइएको । 

(६) संस्थालाई प्रभावकारी बनाउ“दै सरोकारवाला निकायलाई घच्घचाउन तथा संस्थाका संरचनात्मक विकास एवम् दीर्घकालीन योजना निर्माणका निम्ति सदस्यहरूस“ग रणनीतिक कार्य योजनासहितको बैठक गरियो सो बैठकमा परामर्शदाताका   रूपमा उत्तम झाको सहयोगमा विभिन्न योजना तर्जुमा गरी कार्य विभाजन गरिएको छ । 

(७) लघु तथा साना जलविद्युत् आयोजनामा सहकारी विषयक गोष्ठीमा संस्थाले नेपाल केन्द्रीय जलविद्युत् सहकारी संस्थास“गको सहकार्यमा लगानीको संभावना, प्राविधि पक्षलगायतका विषय खोतल्ने प्रयास गरेको थियो । सो कार्यक्रमको आयोजना तथा कार्यपत्र प्रस्तुत गर्ने भूमिका निर्वाह गरेको थियो ।

(८) वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमा नवीकरणीय ऊर्जासम्बन्धी कामको परामर्शमा बा≈य सेवाप्रदायक कामका लागि संस्थाका सदस्यहरूको व्यवस्थित कामको बा“डफा“ड गर्न माग गरिए पनि दुर्भाग्यबस हालसम्म सो माग पूरा हुनसकेको छैन ।

(९) संस्थाले नेपालको लघु जलविद्युत् क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएवापत WECAN Lifetime Achievement Award प्रदान गर्दै आएको छ । जसअन्तर्गत अक्कलमान नकर्मी–२०११, श्यामराजा प्रधान–२०१२ , सुरेन्द्रभक्त माथेमा–२०१३ लाई प्रदान गरिएको छ । 

(१०) संस्थाको स्मारिका प्रकाशन गर्नका लागि इनर्जी मिडिया मिसन प्रालि (ऊर्जा आवाज) लाई मिडिया पार्टनर बनाउने निर्णय गरिएको छ ।

(११)  AEPC/NAST/NAM S&T Centre, Delhi  को संयुक्त पहलमा आयोजित International Training on the Role of Nepalese Engineering Consultants' Perspective for Promoting Micro/Mini Hydropower Projects in Developing Countries अप्रिल १९–२२ मा काठमाडौंमा सञ्चालित कार्यक्रममा एक लाख रुपैया“ ल्ब्क्त् लाई सहयोग गरिएको र उक्त कार्यक्रममा संस्थाको तर्फबाट कार्यपत्र समेत प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रम यस संस्थाको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । 

(१२) वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रअन्तर्गत राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रम अन्तर्गत ग्रामीण विद्युतीकरण इकाईअन्तर्गत सञ्चालित लघु जलविद्युत् आयोजनाको निर्माण छिटो छरितो रूपमा सञ्चालन गर्न सिफारिस गर्ने समितिमा सहभागी भई A Study & Review Report of Micro Hydro Project Approval Process नामक प्रतिवेदन वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमा सिफारिस गरिएको छ ।

(१३) WECAN कै पहलमा नवीकरणीय ऊर्जा क्षेत्रमा काम गरिरहेका Solar Electric Manufacturers Association Nepal (SEMAN), Nepal Biogas Promotion Association (NBPA) , Nepal Micro/Mini Hydropower Development Association (NMHDA)  तथा सुधारिएको चुलोको क्षेत्रमा काम गरिरहेका संस्थाहरूस“गको साझा अन्तक्रिया कार्यक्रम नियमित रूपमा सञ्चालन भएका छन् ।  

(१४) नेपाल–चीन उद्योग वाणिज्य संघ र जल तथा ऊर्जा परामर्शदाता संघ नेपालको संयुक्त आयोजनामा ३० मार्च, २०१३ मा Importance of Power Evacuation for Development of Small Hydropower Projects  विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा चीनका लागि नेपाली राजदूत महामहिम डा. महेशकुमार मास्केको विशेष आतिथ्यता रहेको थियो । 

कार्यकममा सहजकर्ताको भूमिका जल तथा ऊर्जा परामर्शदातासंघ नेपालका संस्थापक अध्यक्ष प्राडा. रमेशकुमार मास्केले गर्नु भएको  थियो । 

(१५) २०७० मंसि र २८ गते काठमाडांैमा सम्पन्न भएको पा“चौ साधारणसभाले धनबहादुर गुरुङको अध्यक्षतामा ११ सदस्यीय नया“ कार्यसमिति सर्वसम्मतीले चयन गरेको छ । अन्य पदाधिकारीहरूमा गुणराज ढकाल उपाध्यक्ष, खिमानन्द क“डेल सचिव, कालिदास न्यौपाने कोषाध्यक्ष तथा सदस्यहरूमा कृष्णप्रसाद सापकोटा, मुहान मास्के, नरेश कुमार न्यौपाने, प्रेम शाक्य, जगन्नाथ अम्माई, श्रीराम देवकोटा र राजीव बराल रहेका छन् । 

यस संस्थाको नवनिर्वाचित समितिले सन् २०१४ का लागि वार्षिक कार्ययोजना पारित गरेको छ र सकेसम्म परामर्श क्षेत्रमा कामका अवसरहरुको उल्लेख्य रूपमा वृद्धि गर्न पहल गर्ने, नीतिगत सुधारमा भूमिका निर्वाह गर्ने, विभिन्न विषयमा तालिम, छलफल, गोष्ठी तथा सेमिनार आदि क्रियाकलाप गर्दै अगाडि बढ्ने लक्ष्य लिएको छ 

   

Water and Energy Consultants Association , Nepal (WECAN)


Kupandole, Lalitpur, Nepal
GPO Box : 8973, NPC 585
Tel: 01-5546792, 01-5011213,
9851100118, 9851070202, 9851001008
Email: info@wecan.org.np
Web: www.wecan.org.np

Facebook


cyberlink

All Rights Reserved. © 2024 Copyrights www.wecan.org.np