WECAN

water

News & Events

जलविद्युतमा लगानी जुटाउन इन्भेस्टर्स फोरम हुँदै

   Hydroelectricity Investment & Development Company Limitedजलविद्युत क्षेत्रमा विदेशी लगानीकर्तालाई आकर्षित गर्न काठमाडौंमा चाँडै ‘इन्भेस्टर्स फोरम’ आयोजना हुने भएको छ। जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडिसिएल) ले सम्भावित विदेशी लगानीकर्तालाई सहभागी बनाएर यस्तो फोरम (भेला) आयोजना गर्न लागेको हो। यो जलविद्युतमा लगानी गर्न तथा जुटाउन करिब दुई वर्षअघि स्थापना भएको कम्पनी हो। आगामी अगस्टमा फोरम आयोजना गर्ने गरी तयारी गरिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारले मंगलबार नागरिकलाई बताए। उनका अनुसार फोरममा भारतलगायत एक दर्जन मुलुकका लगानीकर्ता र कम्पनीहरु सहभागी हुनेछन्। ‘एक सयदेखि ३ सय मेगावाट क्षमताका आयोजनाका लागि रकम जुटाउन फोरम आयोजना गर्न लागिएको हो,’ उनले भने, ‘संस्था नयाँ भएकाले यसको उद्देश्य, लगानी र दिने प्रतिफलबारे सबैलाई जानकारी दिनु आवश्यक छ। यसैले फोरम आयोजना गर्न लागिएको हो।’
कम्पनीले बुधबार नेपालका व्यवसायीसँग सम्भावित लागनीबारे अन्तर्क्रियात्मक कार्यक्रम आयोजना गर्दैछ। अबको केही महिनाभित्रै दुई अर्ब रुपैयाँ बराबरको साधारण सेयर निस्कासन गर्ने तयारीमा रहेको कम्पनीले उक्त सेयरप्रति लगानीकर्ता आकर्षित गर्ने मञ्चका रुपमा पनि फोरमलाई लिएको छ।
‘बुधबार आयोजना हुने कार्यक्रम नेपाली लगानीकर्तालाई जलविद्युतमा लगानी गर्ने सम्बन्धमा केन्द्रित हुनेछ,’ रौनियारले भने, ‘प्राथामिक निस्कासनको घोषणा गर्नुअघि कम्पनीप्रति लागनीकर्ताको विश्वास पैदा हुनु आवश्यक छ।’ उनले कम्पनीको उद्देश्य, लगानीका क्षेत्र र उसले भविष्यमा दिने प्रतिफलबारे बुझाउन सके लागनीकर्ता आकर्षित हुने बताए।
मेगा बैंकको सेयरमा साढे २२ गुणा बढी आवेदन पर्नुले सेयर प्रति सर्वसाधारणको आकर्षण कम नभएको देखिएको रौनियारले बताए। यो घटनाले छरिएर रहेको पुँजीलाई व्यवस्थापन गर्न सकेे एक/दुईसय मेगावाट क्षमताका आयोजना बनाउन पुग्ने देखिएको उनले बताए।
अधिकृत पुँजी ५० अर्ब तथा जारी पँुजी १० अर्ब रहेको यो कम्पनीमा सरकारले ५ अर्ब, कर्मचारी सञ्चयकोष, राष्ट्रिय बिमा संस्थान र नागरिक लगानी कोषले एक–एक अर्ब रुपैयाँ प्रबर्द्धकका रुपमा लगानी गरेका छन्। यसले केही समयअघि मात्र माग्दीमा निर्माण हुन लागेको मिस्त्रीखोला जलविद्युत आयोजनामा ९८ करोड रुपैयाँ लगानी गर्ने गरी सम्झौता गरिसकेको छ। त्यसबाहेक २० देखि ३० मेगावाटका विभिन्न पाँच परियोजनामा लगानी गर्न ती पारियोजनाका प्राविधिक पक्षको अध्ययन गरिरहेको छ। Source : NAGARIK NEWS

 

Water and Energy Consultants Association , Nepal (WECAN)


Kupandole, Lalitpur, Nepal
GPO Box : 8973, NPC 585
Tel: 01-5546792, 01-5011213,
9851100118, 9851070202, 9851001008
Email: info@wecan.org.np
Web: www.wecan.org.np

Facebook


cyberlink

All Rights Reserved. © 2024 Copyrights www.wecan.org.np